ताजा अपडेटः

सुनवलमा आधारभुत तहको शिक्षक तालिम सम्पन्न

कल्पना खरेल
सुनवलमा आधारभुत तहको शिक्षक तालिम सम्पन्न प्रकाशित मिति: ११ श्रावण २०८२, शनिबार २१:३९

 

सुनवल, साउन १० गते । एडुब्रिज एलायन्स शैक्षिक सहकार्य समुह सुनवलले आज सनिबार आधारभुत तहका शिक्षक शिक्षिकालाई तालिम प्रदान गरेको छ । शिक्षण सिकाईलाई प्रभावकारी एवं गुणस्तरीय बनाउने लक्ष्य सहित सुनवल १ सोमनाथ रिसोर्टमा उक्त तालिम प्रदान गरिएको हो ।
द पायनियर सेकेण्डरी इङ्गलिस बोर्डिङ स्कुलका प्रिन्सिपल कृष्ण प्रसा शर्माको अध्यक्षता एवं प्याब्सन नवलपरासीका अध्यक्ष डम्बर गुरुङ्गको प्रमुख आतिथ्यतामा सम्पन्न तालिममा ६ विद्यालयका ७३ जना शिक्षक शिक्षिकाको सहभागीता रहेको थियो ।
शिक्षकले अध्यापन गराउने ४५ मिनेटको समयमा विद्यार्थीसगँ कसरी प्रभावकारी ढगंले प्रस्तुत हुने, सिकाएका विषयमा विद्यार्थीलाई कसरी सहभागि गराउने, कसरी अध्यापन गराउदा विद्यार्थीले सहज रुपमा सिक्न र बुझ्‌न सक्छ भन्ने विषयबस्तुमा तालिम केन्द्रित रहेकोे कार्यक्रमका अध्यक्ष कृष्ण प्रसाद शर्माले बताउनुभयो ।
मनिष देव मिश्रको प्रशिक्षण रहेकोे तालिममा सुनवल प्याब्सनका अध्यक्ष चोलाकान्ता रेग्मी, सुनवल लोटस स्कुलका नरिश्वर पौडेल, साकुरा मेमोरियल स्कुलका सुमित पाठक लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै संचालक नेत्र रिजालले आधारभुत तहका अध्यापनले नै विद्यालयले एस.ई.ई.मा उत्कृष्ट नतिजा दिने भएकोले यो तहका शिक्षकलाई तालिम प्रदान गरिएको बताउनभुयो ।




Ads