ताजा अपडेटः

किशोर किशोरी मैत्री अभिमुखिकरण कार्यक्रम सम्पन्न

कल्पना खरेल
किशोर किशोरी मैत्री अभिमुखिकरण कार्यक्रम सम्पन्न प्रकाशित मिति: १ श्रावण २०८२, बुधबार ०४:५५

सुनवल,असार ३२ गते । सुनवल नगरपालिका वडा नम्बर १ मा अवस्थित सहरी स्वास्थ्य सेवा केन्द्रमा किशोर किशोरी मैत्री अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
सहरी स्वास्थ्य सेवा केन्द्र ब्यबस्थापन समितिका संयोजक तथा वडा नम्बर १ का अध्यक्ष मन बहादुर थापा मगरको अध्यक्षतामा सम्पन्न अभिमुखिकरण कार्यक्रममा सुनवल नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण प्रसाद न्यौपाने, वडा सदस्य प्रसुराम कवर, सदस्य कृष्ण बहादुर छेत्री, सदस्य बाल कुमारी परियार,व्यवस्थापन समितीका सदस्यहरु, उधोग बाणिज्य संघ सुनवलका महासचिव तेज प्रसाद भण्डारी, सुनवल मा बनाहाका प्रधानध्यापक रिता गैरे, ग्रीन तारा नेपालका सहजकर्ता बिनेस यादव, सहरी स्वास्थ्य सेवा केन्द्रका अ यो बा गोमा कवर, स्वास्थ्यसंस्था व्यवस्थापन समिति सदस्य आदर्श भण्डारीको उपस्थिति रहेको हाे ।
अन्तर्क्रिया प्रश्चात किशोर किशोरी मैत्री कार्यक्रमको लागि वडा नम्बर १ मा अवस्थित लुम्बिनी माबी छ्नौट भएको छ ।
स्वास्थ्य सेवा केन्द्रका इन्चार्ज यामकला न्यौपानेकाे संचालन रहेकाे अभिमुखिकरण कार्यक्रमकाे सहजीकरण ग्रीन तरा नेपालका सहजकर्ता बिभोर पोख्रेलले गर्नु भएको थियाे ।




Ads