ताजा अपडेटः

आगोमा जलेर बर्दघाटमा एक जना बृद्ध महिलाको मृत्यु

आगोमा जलेर बर्दघाटमा एक जना बृद्ध महिलाको मृत्यु प्रकाशित मिति: १५ पुष २०७९, शुक्रबार १५:५२

कल्पना खरेल,सुनवल।पश्चिम नवलपरासीको बर्दघाटमा आगोमा जलेर एक जना बृद्ध महिलाको मृत्यु भएको छ । बर्दघाट नगरपालिका वडा नम्बर-१५ पृथ्वीबस्ति की ७८ बर्षिय बलवी बसना कुमालको आगो ताप्ने क्रममा जलेर मृत्यु भएको हो ।

उनी आफ्नै घर नजिकै परालको आगो ताप्ने क्रममा लगाएको कपडामा आगो सल्किदा गम्भिर घाईते भएकी थिईन् । गम्भिर घाईते कुमाललाई गएराती करिव ९ः १५ बजेतिर थप उपचारका लागि मिसन अस्पताल पाल्पा पुर्‍याईएको थियो ।

उचार कै क्रममा अन्दाजी साढे ९ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरिक्षक (डिएसपी) भोजराज पाण्डेले जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान भैरहेको पनि डिएसपी पाण्डेले बताउनुभएको छ ।