असार ११ गते । नवलपरासी पश्चिम स्थिति सुनवलमा रहेकाे द पायनियर सेकेण्डरी इङलिस बोर्डिङ स्कूलले नवौं दक्षिण एसियाली कराते प्रतियोगितामा छनाेैट भएकाेमा एक विद्यार्थीलाई सम्मान गरेकाे छ ।
कराते विधातर्फ १४ वर्ष मुनीको खेलाडीमा उक्त विद्यालयकाे कक्षा ८ मा अध्ययनरत विद्यार्थी संचित कर्माचार्य छनाैट भएका थिए ।
कर्माचार्य यहीँ जेष्ठ २८,२९ र ३० गते काठमाडौंमा भएकाे १५ ओै केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कराते विधातर्फ लुम्बिनी प्रदेशकाे प्रतिनिधित्व गर्दै भाग लिएका थिए ।
जसमा उनी तृतीय हुन सफल भएका थिए । आज एक कार्यक्रमकाे आयाेजना गर्दै विद्यार्थी कर्माचार्यले संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थी पढाइ सगैँ खेलमा पनि अब्बल हुनसक्ने विषयकाे पुष्टि गरेकाे विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यज्ञप्रसाद पाण्डेले बताउनुभयाे ।
साेहि क्रममा बाेल्दै विद्यालयका प्रिन्सिपल कृष्णप्रसाद शर्माले विद्यार्थी संचित कर्माचार्यलाई जितकाे अग्रिम शुभकामना दिदै अनुशासन सहितकाे सहभागीकाे लागि आग्रह गर्नुभयाे ।
उक्त खेल श्रीलंकाको कोलम्बोमा आगामी जुलाई २ देखि ७ तारिखसम्म हुदैछ ।