ताजा अपडेटः

संचारमाध्यमलाई आवश्यक पर्ने सहयाेग गर्छाै :- गृहमन्त्री पाण्डेय

संचारमाध्यमलाई आवश्यक पर्ने सहयाेग गर्छाै :- गृहमन्त्री पाण्डेय प्रकाशित मिति: १२ माघ २०८०, शुक्रबार २३:००

कल्पना खरेल, बुटवल । लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोषकुमार पाण्डेयले संचारमाध्यमलाई आवश्यक पर्ने सहयाेग गर्ने  बताउनु भएको छ । संचार माध्यमलाई बचाउन सके मात्र समाज सुदृढ हुन सक्ने भन्दै  सरकारलाई खवरदारी र नागरिककालाई सहि सुचना प्रभाहका लागि संचारमाध्ययमसंवेदनशील भएर लाग्नुपर्ने बताउनुभयाे।
संचारिका समूह नेपालले आज शुक्रबार रुपन्देहीमा आयाेजित लुम्बिनी प्रदेश स्तरीय सम्पादक तथा व्यवस्थापकहरुका लागि संचारमाध्ययममा लैंगिक समानता तथा सामाजिक समावेशीकरण  र सुरक्षा विषयक प्रशिक्षण कार्यक्रममा बोल्दै मन्त्री पाण्डेयले यस्ताे बताउनुभएकाे हाे ।
उहाँले पत्रकारहरू अब खाेजी समाचारतर्फ लाग्नुपर्ने बताउदै सहि ,सत्य र यथार्त समाचार प्रशारण तथा प्रकाशन गरि समाजकाे ऐना बन्न आग्रह गर्नुभयाे ।
यसैगरी कार्यक्रममा बोल्दै राष्ट्रिय मानवअधिकार आयोगका बुटवल कार्यालय प्रमुख सोमनाथ सुवेदीले पत्रकारकारको व्यवसायिक सुरक्षाका लागि राज्यले सघाउनुपर्ने बताउनु भएको छ । उहाले पत्रकारका समाचार सामाग्री र प्रस्तुतीलाई लैंगिक र सामाजिक समावेशीमैत्री बनाउन पनि आग्रह गर्नुभयाे ।
फ्रिमिडिया नेटवर्क एवं पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले आफूबाटै लैंगिकताप्रतिको दृष्टिकोणलाई स्पष्ट पार्नुपर्ने बताउनु भयाे । उहाले पत्रकार महिला तथा सिमान्तकृतहरु जातिय र लैंगिक रुपले आरक्षण मात्रै खोज्नुभन्दा क्षमता विकास गरेर आउन सुझाब दिनु भएको थियो ।
संचारिका समूह नेपालका अध्यक्ष विमला तुम्खेवाले संचारमाध्यमलाई लैंगिकमैत्री बनाउदै व्यवसायीक सुरक्षा र सवलीकरणका लागि सम्पादक र व्यवस्थापक सहितको कार्यक्रम आयोजना गरेको बताउनु भएको छ ।
अलर्ट इन्टरनेशनलका कन्ट्री डाइरेक्टर रविना श्रेष्ठले नागरिकलाई सुसुचित गर्ने र राज्यलाई दिशा निर्देश गर्ने पत्रकारहरुमा लैंगिकता र समावेशीकरणको बुझाइ स्पस्ट हुनुपर्ने बताउनु भएको छ ।
प्रशिक्षणमा लुम्बिनी प्रदेशका ८ जिल्लाका २५ जना सम्पादक तथा व्यवस्थापक महिला पुरुष सहभागी छन् ।



Ads