ताजा अपडेटः

सुनवल प्याब्सनद्वारा नगरप्रमुख र शिक्षा शाखा प्रमुखलाई ज्ञापनपत्र

कल्पना खरेल
सुनवल प्याब्सनद्वारा नगरप्रमुख र शिक्षा शाखा प्रमुखलाई ज्ञापनपत्र प्रकाशित मिति: ३० श्रावण २०८२, बिहीबार २०:३३

सुनवल, साउन २९ गते । निजी विद्यालयहरुको छाता संगठन सुनवल प्याब्सनले सरकारले ल्याउन लागेको विधयेकमाथि असहमति जनाउँदै सुनवल नगरप्रमुख विमला अर्याल र शिक्षा शाखा प्रमुखलाई ज्ञापनपत्र बुझाएकाे छ ।
प्याब्सनले गुणस्तरीय शिक्षा , राेजगार सृजना सहित विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति तयार गर्न निजी विद्यालयले ४० बर्षदेखिकाे याेगदानकाे अवमूल्यन भएकाे भन्दै नगरप्रमुख अर्याल र शिक्षा शाखा प्रमुखलाई ज्ञापनपत्र बुझाएकाे हाे ।
विद्यालय शिक्षा विधेयकको प्रतिवेदनमा उल्लेख भएका विभिन्न चार विषयप्रति प्याब्सनले असहमति जनाउदै आजबाट चरणबद्ध आन्दोलनमा उत्रिएको छ ।
निजी विद्यालयलाई गैरनाफामूलक बनाइने भन्ने वाक्यांश हटाउनु पर्ने, पूर्ण छात्रवृत्ति भन्ने शब्द हटाउनुपर्ने, हाल अभ्यासमा रहेको जम्मा विद्यार्थी संख्याको १० प्रतिशत छात्रवृत्ति दिने प्रावधानलाई निरन्तरता दिइनुपर्ने र छात्रवृत्ति अन्तर्गत भर्ना शुल्क, वार्षिक शुल्क र मासिक पढाइ शुल्क कायम हुनुपर्ने प्याब्सनको माग छ ।
केन्द्रीय घोषित कार्यक्रम अन्तर्गत आज साउन २९ गते जिल्ला तहमा मेयर र सम्बन्धित शिक्षा शाखा प्रमुखलाई ज्ञापन पत्र बुझाइएकाे सुनवल प्याब्सनका अध्यक्ष चाेलाकान्त रेग्मीले बताउनुभयाे ।
३० गते जिल्ला प्रशासन, शिक्षा विकास तथा समन्वय इकाई र जिल्ला समन्वय समितिमा ज्ञापन पत्र बुझाउने, भदौ १ गते प्रदेश मुख्यमन्त्री र सामाजिक विकास मन्त्रालयलाई ज्ञापन पत्र बुझाउने, भदौ २ गते जिल्लास्थित निर्वाचन क्षेत्रका संङ्घीय सांसद (प्रतिनिधि सभा र राष्ट्रिय सभा) ज्ञापन पत्र बुझाउने लागतका भदौ ७ गतेसम्मका कार्यक्रम घोषणा गरिएको उहाँको भनाइ छ । उक्त समयभित्र पनि माग पूरा नभए विद्यालय समेत बन्द गरिने प्याब्सनले जनाएकाे छ ।




Ads