ताजा अपडेटः

धुम्रपान रहित सुनवल नगरपालिका निर्माण गर्नु अहिलेकाे आवश्यकता रहेकाे :- सुनवल नगरप्रमुख विमला अर्याल

कल्पना खरेल
धुम्रपान रहित सुनवल नगरपालिका निर्माण गर्नु अहिलेकाे आवश्यकता रहेकाे :- सुनवल नगरप्रमुख विमला अर्याल प्रकाशित मिति: January 3rd, 2024

कल्पना खरेल,नवलपरासी । सुर्तीजन्य पदार्थ सेवन तथा मध्यपानकाे न्युनीकरण सम्बन्धि अन्तर्किया कार्यक्रम आज पश्चिम नवलपरासीको सुनवलमा सम्पन्न भएकाे छ । लुम्बिनी प्रदेश सरकार स्वास्थ मन्त्रालय, स्वास्थ निर्देशनालय राप्ती उपत्यका भालुवांग दाङकाे आयाेजनामा भएकाे उक्त अन्तर्क्रिया कार्यक्रममा नगरभित्रका जनप्रतिनिधि, उद्योगी, हाेटल व्यापारी,शिक्षक ,स्वास्थ्य शाखामा कार्यरत कर्मचारी लगायतको सहभागीता रहेकाे थियाे ।
सुनवल नगरप्रमुख विमला अर्यालकाे अध्यक्षतामा भएकाे अन्तर्किया कार्यक्रममा स्वास्थ शिक्षा अधिकृत भरत बहादुर कवरले सहजीकरण गर्दै सुर्तिजन्य पदार्थको सेवनबाट उत्पन्न हुने समस्या,सुर्तिजन्य पदार्थको नियन्त्रण तथा नियमनमा विद्यमान ऐन तथा नियमावली,सुर्तिजन्य पदार्थको प्रभावकारी नियन्त्रण तथा नियमनको लागि अनुगमनको व्यवस्था बारेमा जानकारी दिदै कार्यक्रको उद्देश्यमाथि प्रकाश पार्नुभएकाे थियाे ।
उहाँले विभिन्न सचेतनाका कार्यक्रम सगै उच्च सतर्कता अपनाउदा सरूवा राेग नियन्त्रणमा प्रभावकारीता देखिएपनि खानपान र लापरबाहीका कारण नसर्ने राेगकाे प्रकाेप बढ्दै गएकाे बताउनुभयाे । जसकारण बर्षेनी २६ हजार मानिस नसर्ने राेगका कारण मृत्यु भई महामारीकै रूपमा देखिएकाे जानकारी गराउनुभएकाे थियाे ।
त्यसैगरी स्वास्थ्य प्रवर्द्धन विज्ञ लक्ष्मी नारायण देवले मद्यपान न्यूनिकरण पैरवी अन्तरक्रियाकाे सहजिकरण गर्दै मधपानवाट हुने समस्या , त्यसले निम्त्याउने जाेखिम र यसका असरका बारेमा जानकारी दिनुभएकाे थियाे ।
उहाँले मदिरा सेवनले क्षय रोग, HIV/AIDS र मधुमेहको अनुपातमा बढी मृत्यु भै रहेको भन्दै १८ बर्ष नपुग्दै बालबालिकाहरू सुर्तीजन्य पदार्थ सेवन तथा मध्यपानकाे शिकार हुने गरेकाे बताउनुभयाे ।
साेहि क्रममा बाेल्दै नगरप्रमुख अर्यालले धुम्रपान रहित सुनवल नगरपालिका निर्माण गर्नु अहिलेकाे आवश्यकता भएकाे भन्दै यसका विषयमा गृहकार्य भैरहेकाे जानकारी दिनुभयाे । साथै नगरप्रमुख अर्यालले सुनवल नगरपालिकाकाे सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमनका लागि गरिएका १० बुदे प्रतिबद्धता समेत प्रस्तुत गर्नुभएकाे थियाे ।
प्रस्तुत प्रतिबद्धता सम्पूर्ण सहभागीले एक्यवद्धता जनाउदै हस्ताक्षर समेत गरेका थिए ।




Ads