सुनवल , जेठ १ गते । नवलपरासी पश्चिम स्थित सुनवल नगरपालिकाबाट जिल्लामा अन्ठाउन्न बर्षपछि पुन: नापनक्सा कार्य सुरू भएकाे छ । २०२४ सालमा नापीएका नापनक्साद्वारा सिर्जित विभिन्न खालका समस्या समाधानका लागी भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले नवलपरासी जिल्लामा राजपत्र प्रकाशन गरी अनुमति प्रदान गरेपछि पुन:नापी कार्य शुरु भएको हो ।
कुलाेकाे नक्सामा घर, बाटाे, भाेगचलन एउटाकाे नक्सा अर्कैकाे नाममा, भाेगचलन जंगा धेरै नक्सामा कम, नक्सामा धेरै भाेगचलन जग्गा कम जस्ता नक्सा विवादका समस्याहरू दिनानुदिन बढ्दै गएपछि समाधानका लागि पटक-पटक पुन: नापीकाे माग गर्दै आएकाे सुनवल नगरप्रमुख विमला अर्यालले बताउनुभयाे ।
उहाँले पुन:नापनक्सा गरेसगैँ यस्ता सम्पूर्ण नक्सा सम्बन्धि विवाद स्वतह हल भएर जाने विश्वास व्यक्त गर्नुभयाे । पुन:नापी कार्यक्रममा अत्याधुनिक प्रविधिद्वारा भुमि सम्बन्धि समस्या रहेका जग्गा मात्र नभई लालपुर्जा भएका सम्पूर्ण जंगाकाे समेत पुनः नापनक्सा गरिने छ ।
पुनः नापीनक्साकाे थालनी आज बिहीबार सुनवल नगरपालिकाको वडा नं १ देखि शुभारम्भ गरिएकाे हाे । यश कार्यकाे लागि नापी कार्यालय परासीले ३ जना कर्मचारी र सुनवल नगरपालिकाले २ जना प्राविधिक खटाएकाे छ ।
साेहिँ क्रममा बाेल्दै प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पाैडेलले यश क्षेत्रमा भएका सम्पूर्ण भुमि सम्बन्धि समस्या समाधान गर्न नगरपालिकाले तीन जनाकाे टाेली परिचालन गरिएकाे बताउनुभयाे । उहाँले आफ्नाे क्षेत्रमा नापजाँचका लागि आउने कर्मचारीलाई कुनैपनि असहज परिस्थिति सृजना नगर्न स्थानीयबासीलाई आग्रह गर्नादै नापजाँचमा कुनैपनि स्राेत र साधनकाे कमि नहुने स्पष्ट पार्नुभयाे ।
सुनवल भुमि समस्या समाधान आयोग शाखा प्नमुख गणेश न्यौपानेकाे संचालन र कार्यपालिका सदस्य सिता भण्डारीको स्वागत रहेको कार्यक्रममा भुमि समस्या समाधान आयोग नवलपरासीका सदस्य थान प्रसाद गैरे, नापी कार्यालय परासीका प्रमुख कैलाशनाथ पाण्डे लगाएतले बाेल्नुभएकाे थियाे ।
कार्यक्रममा सुनवल नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष मनबहादुर थापाकाे अध्यक्षतामा सम्पन्न भएकाे हाे ।