ताजा अपडेटः

सुनवलमा हुने श्रावणी महा-महोत्सवमा २० लाख भक्तजनकाे उपस्थिति हुने

कल्पना खरेल
सुनवलमा हुने श्रावणी महा-महोत्सवमा २० लाख भक्तजनकाे उपस्थिति हुने प्रकाशित मिति: ७ असार २०८२, शनिबार १२:५५

 

सुनवल असार ७ गते । नवलपरासी पश्चिम स्थित सुनवल १० , खखरीबारीमा अवस्थित श्री हरिहर ॐ कारेश्वर मन्दिरमा ॐ कारेश्वर राष्ट्र कल्याण विश्वशान्ति श्रावणी महा महाेत्सव २०८२ हुने भएकाे छ । आज सनिवार पत्रकार सम्मेलनकाे आयाेजना गरि यहीँ श्रावण १ गतेदेखि ३१ गतेसम्म श्रावणी महाेत्सव हुने जानकारी गराइएको हाे ।
मन्दिरको सर्वाङ्गीण विकास , अक्षयकोष स्थापना, ज्येष्ठ नागरिक सत्संग भगव स्थापनार्थ, धार्मिक एवं आध्यात्मिक चेतना जागरण हेतु उक्त मेलाकाे आयाेजना गरिएकाे संकल्पकर्ता बालव्यास श्रवण न्याैपानेले बताउनुभयाे ।
उहाँका अनुसार असार २८ गते माेटरसाइक -याली ,महा-महाेत्सवकाे पहिलाे दिन श्रावण १ गते विभिन्न भेषभुषा, झाँकी, बाजागाजा सहितकाे बृहत् शाेभा कलशयात्रा सहित हेलिकप्टरबाट पुष्पवृष्टि तथा जलार्पण गरि कार्यक्रमकाे उद्वघाटन गरिनेछ ।
दाेस्राे दिन श्रावण २ गतेदेखी ३१ गतेसम्म बिहान ६ बजेदेखी बिहान ९ बजेसम्म मडण्प पूजा दैनिक रुद्रभिषेक बेलपत्र अर्पण एव पूजा अर्चना हुनेछ । बिहान ११ः२० बजजेदेखी साँझा ६ बजेसम्म राष्ट्रिय अन्तराष्ट्रिय ख्याति प्राप्त काथबाचक एव बाचिकाहरुद्धारा विभिन्न देवलीलामय संङ्गीतमय कथा प्रबचन हुनेछ ।
त्यसेैगरी साँझ ६ बजेदेखी ८ बजेसम्म दैनिक लक्ष्यवर्ती तथा तृरिया गांगा एव हरिहर ॐकारेश्वर महादेवको श्रृङ्गारिक महा-आरती हुने संयोजक विष्णुप्रसाद पौडेलले जानकारी दिनुभयाे ।
उक्त धार्मिक महा-महाेत्सवमा देश विदेशका प्रखर सबैभन्दा कान्छि र सबैभन्दा कान्छा प्रवचनकर्ता देखि प्रख्यात कथावाचक, वाचिकाहरूलाई आमन्त्रण गरीएकाे छ ।
जेष्ठ नागरिक सम्मान, कन्यापूजन, सवाकराेड लक्ष्यवती प्रज्ज्वलन, सवाकराेड पार्थिव शिवलिङ्गपूजन तथा सवाकराेड वेलपत्र अर्पण गरिनेछ ।
महा-महोत्सवमा देशैभरदेखि १० लाख देखी २० लाखसम्म भक्तजनकाे उपस्थिति हुने अनुमान गरिएको र कम खर्च गर्दा पनि १ करोड देखी डेढ कारोड सम्म खर्च लाग्ने अनुमान आयोजकले गरेकाे छ ।




Ads