ताजा अपडेटः

बाघले लियो नेपाली महिलाको ज्यान

बाघले लियो नेपाली महिलाको ज्यान प्रकाशित मिति: १० चैत्र २०७९, शुक्रबार १९:४६

प्रदीप न्यौपाने,धनगढी । नेपाल भारत स्थित कंचनपुरकाे सिमा क्षेत्र नजिक रहेकाे भारतीय दुधुवा निकुञ्जमा एक नेपाली महिला बाघको सिकार बन्न पुगेकि छन् |

उनी दाउरा खोज्ने क्रममा नेपालबाट भारती दुधुवा निकुञ्ज भित्र प्रवेश गरेकी थिइन् । साेहि क्रममा दुधुवा नेसनल पार्क अन्तर्गत पिलर संख्या १७१-१७२ को मध्य जङ्गलमा बाघले उनलाई निसाना बनाएको थियो ।

सूचना पाउन साथ भारती प्रहरी एस एस बि र बन बिभागको टोलि उक्त घटना स्थलमा पुगी अनुसन्धान गरिएको थियो ।

भारतीय प्रहरीका अनुसार कंचनपुर वाड न १० निवासी अन्दाजी ४०-४५ वर्षिय अम्मे सार्की नाम गरेकि उनकाे बिहान करिव ११ बजेतिर साे घटना भएकाे हाे ।



Ads