ताजा अपडेटः

जन्मकैद सजाय पाएका फरार प्रतिवादी १४ वर्ष पछी पक्राउ

जन्मकैद सजाय पाएका फरार प्रतिवादी १४ वर्ष पछी पक्राउ प्रकाशित मिति: २ चैत्र २०८०, शुक्रबार २०:३२

कल्पना खरेल,नवलपरासी । कर्तव्य ज्यान मुद्वामा सर्वस्व सहित जन्मकैद सजाय पाएका पश्चिम नवलपरासीकाे साविक गुठीसुर्यपुरा गा.वि.स. वडा नं.९ झुलनिपुरका नौमी प्रसाद राजभर १४ वर्षपछि पक्राउ परेका छन् ।
साेहि ठाउँका  ३५ वर्षिय अरविन्द्र राजभरलाई कर्तव्य गरी मारेको कर्तव्य ज्यान मुद्दामा वरदात पश्चात फरार रहि लामाे समयसम्म भारतमा रहेका राजभरलाई प्रहरीले पक्राउ गरेकाे हाे ।
तत्काल वर्ष ४२ को हाल वर्ष ५६ को नौमी प्रसाद राजभरलाई विशेष सूचनाका आधारमा  जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टाेलीले बिहीबार राति ९ बजे  पाल्हिनन्दन गा.पा. वडा नं. १ महेशपुरबाट पक्राउ गरेकाे थियाे  ।
आज शुक्रबार फैसला कार्यन्वयनका लागी जिल्ला अदालत परासी पठाइएको उनलाई अदालतले वि.स. २०७५ बैशाख ५ मा  साविक मुलुकी ऐन ज्यान सम्बन्धी महलको १३(२) नं. बमोजिम सर्वस्व सहित जन्मकैद हुने ठहरी फैसला गरेकाे थियाे ।
नौमी प्रसाद राजभर भारतमा आफ्नो परिचय लुकाइ बिक्रम सिंह  नाममा भारतिय आधार कार्ड बनाई दिल्लीमा पेन्टिङको काम गर्दै आईरहेको र कहिलेकाँही मात्र आफ्नो घरमा आउने गरेकाे प्रहरी नायव उपरीक्षक एवम् सुचना अधिकारी रेशम बाेहराले जानकारी दिनुभएकाे छ ।



Ads