ताजा अपडेटः

“शिक्षालाई उमेरले छेक्दैन”

“शिक्षालाई उमेरले छेक्दैन” प्रकाशित मिति: १५ जेष्ठ २०८०, सोमबार ०७:४९

कल्पना खरेल, नवलपरासी । “शिक्षालाई उमेरले छेक्दैन” यतिखेर यो भनाई लुम्विनी प्रदेशकी एकमात्र महिला मेयर सुनवल नगरपालिकाकी विमला अर्यालको हो ।

उहाँले यहि २०८० जेठ १५ गते गणतन्त्र दिवसको दिनदेखि अर्थात आजदेखि सुनवल नगरपालिकाका विविध कारणवस माध्यमिक तहसम्मको अध्ययन पुरा गर्न नसकेका महिलाहरुका लागि लुम्विनी माध्यमिक विद्यालयमा निशुल्क महिला विद्यालयको शुभारम्भ गर्दै हुनुहुन्छ ।


पढाई पुरा गर्न नपाएका महिलाहरुले यसलाई महिलाहरुको सवालमा मेयरको उत्कृष्ट कामको रुपमा लिएका छन् । बच्चाबच्ची स्कूल पठाएर घरधन्दा सकेर ११ वजे विद्यालय जाने र बच्चाबच्ची स्कुलवाट घर नफर्किदै ३ वजे घर फर्किन पाईने गरि संचालन हुन लागिएकाे हाे ।

यो विद्यालयमा हालसम्म अधिकतम ७० वर्ष सम्मका १५० वढि महिलाहरु भर्ना भईसकेका छन् । मेयर विमला अर्याल द्वारा नगरको विेषेश महत्वको योजनाका रुपमा पढ्न ईच्छा हुदाँहुँदै पढ्न नपाएका महिलाहरुलाई निशु्ल्क पढाउने र आमा शिक्षित भए परिवार शिक्षित हुन्छ भन्ने कुरालाई व्यवहारमा उतार्न लागेको विचार प्रति सबैतिरबाट प्रशंसा भएको छ ।


सुनवल विगतदेखिनै वालमैत्री नगर हो त्यसलाई दिगो बनाउँदै अव महिलामैत्री नगर बनाउन महिलाहरुका क्षेत्रमा विविध कार्यक्रम संचालन हुने मेयर विमला अर्यालले बताउनुभएकाे छ ।