ताजा अपडेटः

सुनवल नगरपालिका अब युवामैत्री नगर निर्माण अभियानमा 

सुनवल नगरपालिका अब युवामैत्री नगर निर्माण अभियानमा  प्रकाशित मिति: ३१ जेष्ठ २०८१, बिहीबार २०:०४

कल्पना खरेल,नवलपरासी । युवामैत्री नगर निर्माण अभियानका लागि,आज बिहीबार सुनवल नगरपालिकामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ ।
सुनवल नगरपालिकाकाे आयाेजना तथा प्लान ईन्टरनेशल नेपाल,युवालय, राष्ट्रिय परिषद्काे सहकार्यमा नगरपालिकाको तयारी,चुनौती , सम्भावना र उत्तरदायित्वमा रहेर उक्त  अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे हाे ।
साेहि कार्यक्रमलाई सम्बाेधन गर्दै नगरप्रमुख अर्यालले इच्छाशक्ति भए हरकुरा संभव रहेकाेले देशमै राेजगार सृजना गर्न युवाहरू लाग्नुपर्ने धारणा राख्नुभयाे ।
समाज रूपान्तरणमा युवाकाे अर्थपूर्ण उपस्थिति आवश्यकता रहेकाे भन्दै नगरप्रमुख अर्यालले युवालाई सिपसगँ जाेडि आत्मनिर्भर बनाउदै वैदेशिक राेजगारकाे विकल्प खाेज्नु आजकाे आवश्यकता रहेकाे टिप्पणी गर्नुभयाे ।
अर्यालले युवामैत्री नगर निर्माण अभियानका लागि राय,सल्लाह ,सुझाव संकलन गर्न कार्यक्रमकाे आयाेजना गरिएकाेले स्थानीय सरकार युवाकाे साथमा सदैब रहने प्रतिबद्धता व्यक्त गर्नुभयाे ।
त्यसैगरी साेहि क्रममा बाेल्दै सुनवल नगरपालिकाकाे प्रमुख प्रशासकीय अधिकृत मदन बहादुर जि.सी. ले  युवाहरू समाजमा देखिएका अपराध न्यूनीकरण र लागुओैषध दुर्व्यसनका विरूद्व पनि अघि बढ्न जरूरी रहेकाे बताउनुभयाे ।
साथै उहाँले ,युवामैत्री नगर निर्माणका लागि एउटा निश्चित लक्ष्य सहित अघि बढे त्यसले परिणाम ल्याउन सक्ने भन्दै एकजुट भएर लाग्नु आजकाे आवश्यकता रहेकाे बताउनुभयाे ।
कार्यक्रममा वडा अध्यक्ष, कार्यपालिका सदस्य,राजनैतिक दल, विभिन्न संगठनमा आवद्व युवाहरू,बालक्लब, पत्रकार लगायतकाे उपस्थिति रहेकाे थियाे ।