ताजा अपडेटः

गोरखाको धार्चेमा एउटा घरमा आगलागी हुँदा आमाछोराको मृत्यु

गोरखाको धार्चेमा एउटा घरमा आगलागी हुँदा आमाछोराको मृत्यु प्रकाशित मिति: २६ कार्तिक २०८०, आईतवार १५:३२

काठमाण्डौ – गोरखाको धार्चे गाउँपालिका-१ हुल्चुकको एउटा घरमा गएराति आगलागी हुँदा आमाछोराको जलेर ज्यान गएको छ ।
राति १० बजेतिर भएको आगलागीमा परेर ७८ वर्षकी कान्छी गुरुङ र उहाँका ५३ वर्षका छोरा चनारसिंङ गुरुङको ज्यान गएको वडाध्यक्ष रामसिंह गुरुङले जानकारी दिनुभयो ।
घरमा आमाछोरा मात्रै बस्दै आएका र छोरा चाहिँ बोल्न तथा सुन्न नसक्ने खालको अपाङ्गता भएका र मानसिक अवस्था पनि ठिक नभएको रहेका वडाध्यक्ष गुरुङले बताउनुभयो ।स्रोत उज्यालो



Ads