ताजा अपडेटः

आर्थिक शुसासन र पार्दर्शिताका लागि सुनवल नगरपालिकाको विषेश पहल

आर्थिक शुसासन र पार्दर्शिताका लागि सुनवल नगरपालिकाको विषेश पहल प्रकाशित मिति: ६ भाद्र २०८०, बुधबार १८:०३

कल्पना खरेल, नवलपरासी । सुनवल नगरपालिकाले आर्थिक शुसासन र पारदर्शिताका लागि अव उप्रान्त नगर कार्यपालिकाले गरेका निर्णयहरु वेवसाईट मार्फत नगरवासी र सरोकारवालाहरुलाई जानकारी गराउने भएको छ ।
यसकाे सुरुवात आजैबाट गरिएको नगरप्रमुख विमला अर्यालले बताउनुभयाे ।
नगरप्रमुख अर्यालले सुनवल नगरपालिकाको विगतको वेरुजु २४ करोड भन्दा वढि भएकाेले  अव उप्रान्त वेरुजु घटाउने अभियानमा सुनवल नगरपालिका लागि परेकाे समेत बताउनुभएकाे छ ।
यसैगरी थप आर्थिक पारदर्शिताका लागि ५० हजार भन्दा माथिको भुक्तानी गर्दा प्रि अडिट गर्ने र ५० हजार भन्दा माथिको भ्याट विल सरोकारवालाहरुको जानकारीका लागि वेवसाईटमा राख्ने निर्णय गरेको समेत सुनवल नगरपालिकाले जनाएकाे  छ ।



Ads