ताजा अपडेटः

सुनवल सामुदायिक सिकाइ केन्द्रको ९ औ बार्षिक साधरण सभा सम्पन्न

सुनवल सामुदायिक सिकाइ केन्द्रको ९ औ बार्षिक साधरण सभा सम्पन्न प्रकाशित मिति: २१ फाल्गुन २०७९, आईतवार १८:००

कल्पना खरेल,सुनवल ।सुनवल सामुदायिक सिकाइ केन्द्रको ९ औ बार्षिक साधरण सभा आज सोमनाथ १ सिकाइ केन्द्रको सभाहलमा सम्पन्न भएको छ ।

सामुदायिक सिकाइ केन्द्रका कार्य बहाक अध्यक्ष सन्जय कुमार श्रेष्ठको अध्यक्षता तथा सुनवल नगरपालिकाका नगर प्रमुख बिमला अर्यालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे हाे ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख अर्यालले सामुदायिक सिकाइ केन्द्र पनि अन्य सामुदायिक विद्यालयकै एउटा अंग भएकोले यसलाई सहि ढङ्गले परिचालित गर्नुपर्ने उल्लेख गर्नुभयाे ।

साथै उहाँले नगर भित्र रहेका महिला दिदिबहिनीहरुकाे पढ्ने इच्छालाई पूरा गर्न नगरको भावि योजना महिला विद्यालय संचालन यहि सुनवल सामुदायिक सिकाइ केन्द्र द्वारा संचालन हुनुपर्नेमा समेत जाेड दिनुभएकाे थियाे ।

कार्यक्रममा नगर शिक्षा शाखा प्रमुख बिष्णु गोतामे, वडा नम्बर १ का वडा अध्यक्ष मन बहादुर थापा मगर, वडा नम्बर ३ का वडा अध्यक्ष पबिन गुरुङ, वडा नम्बर ६ का अध्यक्ष हिमलाल शर्मा, खानेपानी तथा सरसफाइ लुम्बिननी प्रदेश अध्यक्ष थान प्रसाद गैरे, नगर शिक्षा अधिकृत पशुपति भट्टराई, प्याप्सन सुनवलका अध्यक्ष कृष्ण प्रसाद शर्मा लगाएतले मन्तव्य राख्नुभएकाे वडा नम्बर १ का वडा अध्यक्ष मन बहादुर थापा मगरले जानकारी दिनुभएकाे छ ।

संस्थाका निबर्तमान उपाध्यक्ष उमाकान्त उपाध्यायकाे स्वागत र समितिका सचिव लिला शर्मा पङ्गिनीकाे संचालन रहेकाे कार्यक्रममा अध्यक्षको प्रतिवेदन समितिका कार्यवहाक अध्यक्ष सन्जय कुमार श्रेष्ठले प्रस्तुत गर्नु भएको थियो ।



Ads