ताजा अपडेटः

सुनवलमा ” सुनवल विज्ञान ह्याकाथुन ” कार्यक्रम संचालन

कल्पना खरेल
सुनवलमा ” सुनवल विज्ञान ह्याकाथुन ” कार्यक्रम संचालन प्रकाशित मिति: २४ माघ २०८२, शुक्रबार २०:००

 

सुनवल , माघ २३ गते । सुनवल नगरपालिका भित्रका
सामुदायिक र संस्थागत विद्यालकाे सहभागीतामा आजदेखि
सुनवल विज्ञान ह्याकाथुन कार्यक्रम सुरू भएकाे छ । करिब १२ विद्यालयकाे सहभागीता रहेकाे सुनवल विज्ञान ह्याकाथुन कार्यक्रममा विद्यार्थीले २४ घण्टाभित्र फरक-फरक दिगाे विकास लक्ष्य समेटिएकाे प्राेजेक्ट तयार पार्नेछन् ।
त्यसका लागि एक टिममा ४ जनाकाे सहभागीता रहने गरि १७ वटा टिम बनाएर प्रत्येक टिमलाई फरक-फरक थिम्सहरू दिइएकाे छ ।
साेहि अनुसार उनीहरूले आफ्नाे रचनात्मक कला, काैशलता र क्षमताकाे प्रयाेग गरि आफ्नाे समुहमा परेकाे थिम्स बनाउनेछन् । समुहगत रूपमा उनीहरूलाई गरिबी अन्त्य , भोकमरी अन्त्य, राम्रो स्वास्थ्य र सुखी जीवन, गुणस्तरीय शिक्षा, लैङ्गिक समानता,स्वच्छ पानी र सरसफाइ,सस्तो र स्वच्छ ऊर्जा,राम्रो रोजगारी र आर्थिक वृद्धि, उद्योग, नवप्रवर्तन र पूर्वाधार विकास, असमानता घटाउने, सुरक्षित र दिगो शहर तथा बस्ती, जिम्मेवार उपभोग र उत्पादन, जलवायु परिवर्तन विरुद्ध कार्य, समुद्री जीवनको संरक्षण स्थल जीवन (वन, वन्यजन्तु आदि) संरक्षण, शान्ति, न्याय र सबल संस्था, लक्ष्य हासिल गर्न विश्वव्यापी साझेदारी गरि १७ वटा दिगो विकासका लक्ष्यहरू समेटिएकाे प्राेजेक्टर तयार पार्न दिइएकाे छ ।
वडा बाल संजालकाे आयाेजना र वडा नम्बर ४ काे समन्वयमा भएकाे सुनवल विज्ञान ह्याकाथुन कार्यक्रमले विद्यार्थीकाे विज्ञान प्रविधि सम्बन्धि खाेज, अनुसन्धान र आविष्कार गर्ने क्षमताकाे विकाश गर्ने लक्ष्य लिइएकाे सुनवल नगरप्रमुख विमला अर्यालले बताउनुभयाे ।
बाल क्लबकाे अध्यक्ष रिवज ढकालकाे अध्यक्षतामा सुरू भएकाे सुनवल विज्ञान ह्याकाथुन कार्यक्रम भाेलिसम्म संचालन हुनेछ ।
बिनिता वर्माकाे संचालन र बाल क्लबकाे सदस्य संम्राट पाैडेलकाे संचालन रहेकाे कार्यक्रममा वडा अध्यक्ष बालकृष्ण पाैडेल, देवकोटा क्याम्पसका क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद लामिछाने, जनप्रतिनिधि , शिक्षक , विद्यार्थी लगाएतकाे उपस्थिति रहेकाे थियाे ।




Ads