ताजा अपडेटः

सुनवलमा पदम बहादुर थापाको अध्यक्षतामा ७ सदस्यीय रुपौलिया टोल बन उपभोक्ता समुह गठन

सुनवलमा पदम बहादुर थापाको अध्यक्षतामा ७ सदस्यीय रुपौलिया टोल बन उपभोक्ता समुह गठन प्रकाशित मिति: १७ माघ २०७९, मंगलवार २२:४१

 

कल्पना खरेल,सुनवल । पश्चिम नवलपरासीको सुनवलमा पदम बहादुर थापाको अध्यक्षतामा ७ सदस्यीय रुपौलिया टोल बन उपभोक्ता समुह गठन गरीएकाे छ ।

सुनवल नगरपालिका वडा नम्बर-६ बिसासय सामुदायिक बन उपभोक्ता समुहको बार्षिक साधरण सभा तथा चौथो अधिबेशनको कार्यक्रम सम्पन्न गर्नुका निम्ति बनमा आबद्ध उपभोक्ता सदस्यहरुबाट सभा प्रतिनिधि सदस्य र टोल समिती गठन गर्ने सिलसिलामा रुपौलिया टोल समिति गठन गरीएकाे हाे ।

जसको उपाध्यक्षमा उमा पौडेल, सचिब बुद्धि प्रसाद थापा, काेषाध्यक्षमा तेल माया गुरुङ्ग लगाएत चयन हुनु भएको छ ।

रुपौलिय टोल समितीका अध्यक्ष धन कुमारी रानाको अध्यक्षतामा तथा सुनवल नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष मन बहादुर थापा मगरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बिसासय सामुदायिक बन उपभोक्ता समुहको अध्यक्ष धन प्रसाद तिवारी, टेक प्रसाद न्याैपाने, कल्पना घिमिरे , अम्बिका थापा लगाएतको सहभागीता रहेकाे थियाे ।

रूपौलिय काबुकनगर टाेलबाट चौथो अधिबेशनमा सभा प्रतिनिधिको निम्ति ३७ सदस्यीय प्रतिनिधि छनौट गरिएको वडा अध्यक्ष मन बहादुर थापाले जानकारी दिनुभएको छ ।



Ads