कल्पना खरेल,नवलपरासी । लुकाई छिपाइ राखिएको १ लाख १० हजार मुल्य बराबरकाे युरीया मल विषेश सूचनाको आधारमा पश्चिम नवलपरासी प्रतापपुर गा.पा-३ गिदहाबाट हिजाे मंगलबार साँझ प्रहरीले बरामद गरेकाे छ ।
साे ठाउँ स्थित साधु चमारको फुसले छाएको कच्चि घरमा ७० बोरा युरिया मल र साेहि ठाउँ बस्ने मोतीलाल यादवको घरमा ४० बोरा युरिया मल लुकाई राखेको अवस्थामा प्र ना नि गोकर्ण चौहानको कमाण्डमा ७ जनाको टोलीले उक्त मल बरामद गरेकाे हाे ।
बरामद भएका जम्मा १ सय १० बाेरा अबैध यूरिया मललाई थप अनुसन्धानको लागी महेसपुर भन्सार कार्यालय पठाईएको र अन्य अनुसन्धान कार्य भैरहेको प्रहरी नायव उपरीक्षक एवम् सूचना अधिकारी भाेजराज पाण्डेले बताउनुभएकाे छ ।