ताजा अपडेटः

प्रथम वडा अध्यक्ष कप भलिबल प्रतियोगिता आजदेखि सुनवल १ मा शुरू

प्रथम वडा अध्यक्ष कप भलिबल प्रतियोगिता आजदेखि सुनवल १ मा शुरू प्रकाशित मिति: ५ माघ २०७९, बिहीबार १९:४६

 

सुनवल । स्वास्थ्यका लागी खेलकुद र राष्ट्रका लागी खेलकुद भन्ने नाराका साथ प्रथम वडा अध्यक्ष कप भलिबल प्रतियोगिता आजदेखि सुनवल १ को प्रगतिटोल स्थित सामुदायिक भवनको प्राङ्गणमा सुरु भएको छ ।

यूवा तथा खेलकुद संचालन उपभोक्ता समिति वडा नम्बर १ द्धारा आयोजित उक्त भलिबल प्रतियोगिता आजदेखि ८ गतेसम्म संचालन हुने वडा नम्बर १ का वडा अध्यक्ष म बहादुर थापा मगरले बताउनुभएकाे छ ।

खेल संयोजक देवबहादुर क्षेत्रीको अध्यक्षता एवम् सुनवल नगरपालीका वडा नम्बर १ का वडा अध्यक्ष मन बहादुर थापा मगरको प्रमुख आतित्थ्यतामा शूरु भएको पहिलो उद्धघाटन खेल वडा नम्बर १ रातो र वडा नम्बर ५ विच, दोस्रो खेल वडा नम्बर १० र वडा नम्बर ८ विच र तेस्रो खेल वडा नम्बर ३ र वडा नम्बर ४ विच भएको थियो ।
जस अन्तर्गत वडा नम्बर १,वडा नम्बर ८ र वडा नम्बर ४ विजयी भएका छन् ।

खेलमा प्रथम, द्वितीय, तृतीय र सान्त्वना पुरस्कार क्रमश रु २५ हजार, रु १५ हजार, रु ८ हजार र रु ५ हजार सहित सिल्ड र प्रमाणपत्र रहने वडा नम्बर १ का वडा अध्यक्ष रहेको वडा नम्बर १ का वडा अध्यक्ष मन बहादुर थापा मगरले बताउनुभयाे ।

उपभोक्ता समितिका अध्यक्ष गन बहादुर कालाको स्वागत मन्तव्य रहेको उक्त प्रतियोगितामा सुनवल नगर भित्रका १४ टिम सहभागि भएका छन् ।आजको उमुद्धघाटन खेललमा वडा नम्बर ६,८ र ९ का वडा अध्यक्षहरु साथै कार्यपालीका सदस्यहरुको उपस्थिती रहेको थियो ।



Ads