ताजा अपडेटः

तिलोत्तमा १४ मा बाल साहित्य महोत्सव २०८० सम्पन्न

तिलोत्तमा १४ मा बाल साहित्य महोत्सव २०८० सम्पन्न प्रकाशित मिति: १७ जेष्ठ २०८०, बुधबार २०:०७

उर्मिला यादव यात्री भैरहवा ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १४ टिकुलीगढमा बाल साहित्य महोत्सव २०८० एक कार्यक्रमका बिच सम्पन्न भएको छ ।
स्वास्तिक सामाजिक बिकास संस्था सम्मरीमाई ४ रुपन्देहीको आयोजना तथा तिलोत्तमा नगरपालिका वडा नम्बर १४ को आर्थिक सहयोगमा मंगलबार बाल महोत्सव २०८० कार्यक्रममा कविता तथा लघुकथा प्रतियोगिता सम्पन्न भएको हाेे ।
कबिता तर्फ १३ जना बिद्यार्थीहरुले प्रतियोगितामा भाग लिएका थिए जसमा सुवास काफले प्रथम, सोम्या पाण्डे द्धितीय, गोमा सुबेदी तृतीय र पार्वती केवट सान्त्वना स्थान हासिल गरेका छन ।
यस्तै गरी लघु कथा तर्फ सिर्जु पन्थी प्रथम, समीक्षा कार्की द्वितीय, विकास देबकोटा तृतीय र आयुष न्यौपाने सान्त्वना स्थान प्राप्त गरेका छन ।

प्रतियोगितामा प्रथम, द्धितीय , तृतीय र सान्त्वना स्थान हासिल गर्ने बिद्यार्थीहरुलाई सम्मान गर्दै पुरस्कार प्रदान गरीएको थियो ।
बाल साहित्य महोत्सव २०८० मा रुपन्देहीका बिभिन्न बिद्यालयका गरी ५० भन्दा बढी बिद्यार्थीहरुको सहभागीता रहेको थियो ।

कार्यक्रममा बरिष्ठ साहित्यकार बनमाली निराकार ,साहित्यकार शशी पन्थी , नारायण प्रसाद भण्डारीले प्रशिक्षण दिनु भएको थियो । भने प्रतियोगिताको निणार्यक मण्डलमा उहाहरु नै रहनु भएको थियो ।

यस्तै गरी कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिका वडा नम्बर १४ का वडाध्यक्ष आश्विन पौडेलले तिलोत्तमा नगरपालिका वडा नम्बर १४ ले बालबालिकाहरुलाई संरक्षण, संबद्र्धन तथा उनीहरुको नेतृत्व बिकास, क्षमता अभिबृद्धि गर्दै बिभिन्न कार्यक्रमहरु आयोजना गर्र्र्दै आइरहेको बताउनु भएको छ ।

बालबालिका भबिष्यका कर्णदार तथा देशको सच्चा सिपाही भएकोले उनीहरुलाई कसरी बिभिन्न किसिमका लागुपदार्थ तथा दुब्र्यसन जस्ता क्रियाकलापबाट टाढा राख्न सकिन्छ सो बिषयमा वडाले प्रतिबद्धताका साथ बालबालिकाहरुलाई रचनात्मक क्रियाकलापमा सहभागी गराउदै आएको जोड दिनु भयो ।

उहाले बालसाहित्य कार्यक्रमले बालबालिकाहरुमा एकता, एकअर्काको क्षमता पहिचान र उनीहरुको प्रतिभालाई वडाले पहिचान गरी त्यही अनुरुपका योजना बनाइ उनीहरुको नेतृत्व बिकासमा महत्वपुर्ण भुमिका खेल्न सक्ने बताउनु भयो ।

उहाले कार्यक्रममा बोल्दै बालबालिकाहरुमा बिभिन्न खालका प्रतिभा हुने भएकोले यसको प्रष्फुटन र नेतृत्व बिकासका लागी हरेक क्षेत्रले ध्यान दिनु पर्ने बताउनु भयो ।

कतिपय बालबालिकाहरु आफनो क्षमता अभिबृद्धि गर्ने खालको अवसर नपाएर आफु भित्र भएका प्रतिभाहरुलाई भित्रै लुकाएर बसेकोले अवसर नपाएका बालबालिकाको प्रतिभा पहिचान र उनीहरुको नेतृत्व बिकासका लागी यस्तो कार्यक्रमको आवश्यकताई महसुस गरी सुरुवात गरेको बताउनु भयो ।

उहाले बाल साहित्य प्रतियोगिताबाट बालबालिकाले कथा, कबिता र बालसाहित्यको क्षेत्रमा केहि भए पनि सिक्ने अवसर पाएको बिश्वास ब्यक्त गर्नु भयो ।
वडाध्यक्ष पौडेलले कुनै क्षेत्रको भौतिक बिकासले मात्र सम्पुर्ण क्षेत्रको बिकास नहुने भएको मानवीय क्षेत्रमा पनि बिकास गर्न एकदमै आवश्यक भएको बताउनु भएको छ ।

उहाले जब सम्म मानबिय बिकास गरिदैन तबसम्म भौतिक बिकास पुर्ण नहुने भएकोले तिलोत्तमा नगरपालिका वडा नम्बर १४ ले बालबालिका ,किशोर किशोरी , महिला , युवा लगायतको क्षेत्रमा काम गर्दै आएको र यसलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने कुरामा सबैको साझा सहमतिले काम गर्दै आएको जोड दिनु भयो ।

उहाले बालसाहित्य कार्यक्रमले सहभागीहरुको क्षमता बिकासमा महत्वपुर्ण भुमिका निर्वाह गरेको प्रतियोगीहरुको प्रस्तुती बाट नै स्पष्ट भएको बताउनु भयो । उहाले आगामी दिनहरुमा बालबालिकाहरुको क्षमता बिकासका लागी बिभिन्न बिधा कथा कबिता,खेलकुद, चित्रकला , मुर्तिकलाको माध्यमबाट थप कार्यक्रमहरु ल्याएर बालबालिकाको नेतृत्व र क्षमता अभिबृद्धि गर्ने र बालबालिकालाई सिर्जनशील र लगनशील भएर सभ्य नागरीक बनाउन तथा बिश्वमा नै प्रतिस्पर्धा गर्न सक्ने बालबालिकाको उत्पादन गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ ।

कार्यक्रममा बोल्दै स्वास्तिक सामाजिक बिकास संस्थाका अध्यक्ष ज्ञानेश्वर उपाध्यायले साहित्य क्षेत्र एउटा महत्वपुर्ण बिधा भएकोले यसमा बालबालिकाहरुलाई स्थान दिनु महत्वपुर्ण कार्य भएको बताउनु भएको छ । उहाले आफुमा भएको प्रतिभालाई प्रष्फुटन गर्ने एउटा केन्द्र नै साहित्य भएकोले बाल साहित्यलाई हरेक स्थानिय तहले प्राथमिकतामा राख्नु पर्ने बताउनु भएको छ ।

उहाले बालबालिकाको क्षमता र लेखन शैलीको बिकासका लागी बिभिन्न कार्यक्रम आए पनि त्यो लक्षित बर्ग सम्म पुग्न नसकेकोले यसमा सबैले ध्यान दिन जरुरी रहेको जोड दिनु भयो ।

उहाले तिलोत्तमा १४ ले जसरी बालबालिकाहरुलाई समेटेर अगाडी बढेको छ त्यो कुरा अन्य स्थानिय निकायले सिक्नुपर्ने बताउनु भएको छ ।
कार्यक्रममा, तिलोत्तमा नगरपालिका वडा नम्बर १४ का सचिव तेजेन्द्र बस्नेत, वडा नम्बर १४ का वडा सदस्य बिष्णुमाया पुन , सन्तबिर चौधरी , बरिष्ठ साहित्यकार बनमाली निराकार ,साहित्यकार शशी पन्थी , नारायण प्रसाद भण्डारी बालसहजकर्ता सन्तोषी गुरुंग बालकल्याण संजाल अध्यक्ष दुर्गा सुबेदी लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो भने कार्यक्रम संचालन रामेश्वर भटटले गर्नु भएको थियो ।



Ads