ताजा अपडेटः

नगरप्रमुख अर्यालद्वारा महिलाकाे नेतृत्व स्वकार्न पितृसत्तात्मक समाजलाई गार्हाे भएकाे जिकिर

नगरप्रमुख अर्यालद्वारा महिलाकाे नेतृत्व स्वकार्न पितृसत्तात्मक समाजलाई गार्हाे भएकाे जिकिर प्रकाशित मिति: २५ फाल्गुन २०७९, बिहीबार ०७:५०

कल्पना खरेल,सुनवल । ११३ औ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरपारि नगरप्रमुख विमला अर्यालले महिलाकाे नेतृत्व स्वकार्न पितृसत्तात्मक समाजलाई गार्हाे भएकाे जिकिर गर्नुभएकाे छ ।
महिला हक अधिकारका विषयमा बहस र पैरवी धेरै भएपनि आत्मनिर्भरता र स्वराेजगार सिर्जना नभएसम्म अवस्था वद्लिन नसक्ने टिप्पणी गर्नुभयाे ।


साथै नगरप्रमुख अर्यालले परिस्थितिलाई बदल्न पहिला मनस्थिति बदल्नु आवश्यक रहेकाे बताउदै आफ्नाे कार्यकालमा सुनवल नगरपालिकाले महिलाको नेतृत्वमा हरेक क्षेत्रमा एउटा इतिहास रच्नेमा प्रतिबद्धता पनि जाहेर गर्नुभयाे ।


कालिका मानवज्ञान विद्यालय बुटवलको आयोजनामा महाकवि देवकोटा क्याम्पस सुनवलमा भएको “नेतृत्वमा महिला सहभागिता: अवस्था, समस्या र अवसर” विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख अर्यालले मेयरसंग महिला कार्यक्रम,महिला विद्यालय सञ्चालन, महिला सेफ हाउस, महिला उद्यम व्यवस्थापन केन्द्र लगायतका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै सुनवललाई महिलामैत्री नगर निर्माण गरेरै छाड्ने अठाेट व्यक्त गर्दै सबैलाई हातेमालोकाे लागि आव्हान गर्नुभयाे ।


नगरप्रमुख अर्यालले बालमैत्री सुनवल बनाउनका लागि पनि धेरै चुनाैती र अप्ठ्याराकाे सामना गर्नुपरेकाे अवस्था सम्झदै नेपालकै पहिलो बालमैत्री नगरपालिका रहेको सुनवलमा हाल १४८ वाल क्लब रहेको र ७५ प्रतिशत वालक्लवको नेतृत्व बालिकाको रहेकोमा खुसी व्यक्त गर्नुभयाे ।


त्यसैले चुनाैतीलाई स्वकारेर मात्र परिवर्तन सम्भव भएकाे बताउदै अहिलेकाे नगरसरकार कत्तिपनि विचलित नभई विकास र समृद्धिकाे पक्षमा रहेकाे स्पष्ट पार्नुभयाे ।


यसैगरी कार्यक्रममा बाेल्दै कार्यपालिका सदस्य तथा नगरपालिकाकाे सामाजिक विकास समिति संयोजक भगवती बस्यालले आफुहरूले १ दिन मात्र नभई ३६५ दिनै महिला श्रमिक दिवन मनाउने गरेकाे बताउनुभयाे ।


महिला राष्ट्रपति देखि लिएर,महिला सभामुख,महिला संसद,महिला कानुनविद र महिला नगरप्रमुख पाइरहदा गाैरभकाे विषय रहेकाेले महिलामैत्री नगरपालिका बनाउन आफुहरु दिनरात अग्रसर रहेको स्पष्ट गार्नुभयाे ।


सिमित भूगाेल र क्षेत्रमा बस्ने महिलालाई मात्र सम्बाेधन नगरी समग्र क्षेत्र र परिवेशमा रहेका महिलाहरुको अवस्था समान नरहेको भन्दै त्यो स्तर उकास्न नगर सदैव प्रतिवद्ध रहेको पनि संयोजक बस्यालको भनाई थियो ।


कार्यक्रममा न्यायिक समिति सदस्य तुल्सि ज्ञवालीले नगरका १३ वटा वडामा रहेका मेलमिलाप केन्द्रबाट गाउँघरका सुसाना घटनाहरुमा मेलमिलाप गराउने गरिएको र मेलमिलाप केन्द्रले गर्न नसकेका कुरा न्यायिक समितिले गर्ने जानकारी दिनुभयो ।


सोहि क्रममा उहाँले सामान्य घरपरिवारमा भन्दा पनि सम्पन्न घर परिवारमा घरेलु हिंसाका घटना बृद्धि भएको भन्दै पुरुष हिंसाका घटनाहरुमा पनि बृद्धि भएको भनाई राख्नुभयो ।

कार्यक्रममा कानुन संकाय प्रमुख भीम राज कँडेलले स्थानीय तहको नेतृत्व तहमा महिलाहरुको सहभागिता बृद्धि भए पनि त्यसको निणर्य र कार्यान्वयन तहमा अझै पनि स्वतन्त्र नरहेको बताउनुभयो ।
प्रविधिमा महिलाको पहुंच बृद्धि संगै विभिन्न चुनौति र समस्याहरुलाई पछाडी पार्दै नेतृत्व तहमा महिलालाई संक्षम बन्नुपर्नेमा जोड दिनुभयो ।


अधिवक्ता ज्ञानु केसीले पुरुष बिना महिलाहरूले केही गर्न सक्दैनन् भन्ने मानसिकतालाई चिर्दै जटिल ठानिएका विभिन्न सिर्जनात्मक कार्यमा पहुंच पुर्याएर महिलाले पनि गर्न सक्छ है भन्ने भनाईलाई प्रमाणित गरिसकेको बताउनुभयो ।


कार्यक्रममा कालिका मानवज्ञान विद्यालय बुटवलका कानून संकायमा अध्ययन गर्ने विद्यार्थिहरुले नगरप्रमुख विमला अर्याल,सामाजिक विकास समिति संयोजक भगवती बस्याल ,महिला तथा बालवालिका शाखा प्रमुख केशरी गैरे लगायतलाई समहिला सगँ सम्बन्धित विविध विषयमा प्रश्न र जिज्ञासाहरू राखेका थिए ।


शिक्षक प्रतिनिधि शेरचन्द्र गिरीको अध्यक्षता रहेको कार्यक्रममा महाकवि देवकोटा क्याम्पसका अध्यक्ष कृष्ण प्रसाद लामिछाने, न्यायिक समिति सदस्य श्याम गुरुगं,बाल कल्याण अधिकारी रेशम शर्मा,कार्यपालिका सदस्य भगवती बस्याल, महिला तथा बालवालिका शाखा प्रमुख केशरी गैरे लगायत बालवालिकाको क्षेत्रमा कार्यरत कर्मचारी, सञ्चारकर्मी लगायतकाे सहभागिता रहेको थियो ।

 



Ads