ताजा अपडेटः

आजकाे   अन्तिम क्वाटरफाइनल खेलमा बिग बुद्व क्लब ( निलाे ) विजयी

आजकाे   अन्तिम क्वाटरफाइनल खेलमा बिग बुद्व क्लब ( निलाे ) विजयी प्रकाशित मिति: २२ माघ २०७९, आईतवार २१:३१

कल्पना खरेल, सुनवल । पश्चिम नवलपरासीकाे सुनवलमा जारी प्रथम बिग बुद्ध कप खुल्ला नकआउट पुरुष फुटबल प्रतियोगिता अन्तर्गत आजकाे कअन्तिम क्वाटरफाइनल खेलमा बिग बुद्व क्लब ( निलाे ) विजयी भएकाे छ ।


विग बुद्ध क्लबको आयोजनामा सुनवल ६ विशासय स्थित भुपु खेल मैदानमा भएकाे तेस्राे क्वाटरफाइनल  खेलमा बर्दघाट नगरपालिकालाई पेनाल्टी सुटआउटमा हराउदै आयाेजक टिम ( निलाे ) विजयी भएकाे हाे ।


निकैनै राेचक,उत्कृष्ट र प्रतिस्पर्धात्मक खेल  प्रर्दशन गरेका दुवै टिमले खेल अबधिभर कुनै पनि गाेल गर्न नसकेपछि खेल पेनाल्टी सुट आउटमा गएकाे थियाे  ।


आजकाे खेलमा आयाेजक टम बिग बुद्व क्लब ( निलाे ) का गोल रक्षक जर्सी नम्बर १ का अमित लामा म्यान अफ द म्याच घाेषित भएका छन् ।


भाेलीदेखि सेमिफाइनल खेल शुरू हुने र भाेलीकाे सेमिफाइनल खेल आयाेजक टिम ( राताे ) VS याेङ्ग ब्वाइज यूवा क्लब रूपन्देही  विच  कडा प्रर्तिस्पर्धात्मक खेल हुने आयाेजक क्लबका अध्यक्ष सन्जिब लामाले बताउनुभएकाे छ ।


व्यवस्थित पार्किङ्ग,ताजा खाजाकाे व्यवस्था र फ्रि वाईफाईकाे सुविधा रहेकाे यस खुला नकआउट फुटवल प्रतियोगिताकाे खेल अवधिभर नवलपरासी खवरले आफ्नाे फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण गर्नेछ ।



Ads