ताजा अपडेटः

भन्सार छलि ल्याइएको १ सय ४९ बोरा चिनी बरामद

भन्सार छलि ल्याइएको १ सय ४९ बोरा चिनी बरामद प्रकाशित मिति: २३ फाल्गुन २०८०, बुधबार २२:५६

कल्पना खरेल,नवलपरासी । पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका स्थित एक राईस मिल उद्योगको गोदामबाट आज  भन्सार छलि ल्याइएकाे १ सय ४९ बाेरा  चिनी बरामद गरिएकाे छ ।
विशेष सुचनाका आधारमा  जिल्ला प्रहरी कार्यालय नवलपरासी तथा राजश्व अनुसन्धान कार्यालयबाट खटिएको संयुक्त टोलीले पाल्हिनन्दन गाउँपालिका वडा नं. ५ गेर्मा ,भगतपुरा बस्ने सोमै गाँडले संचालन गरेको गुल्सन नितलेश राईस मिल उद्योगको गोदाम घरबाट उक्त अबैध चिनी बरामद गरिएकाे हाे ।
लुकाई छिपाई अबस्थामा बरामद गरिएकाे १ सय ४९ बाेरा चिनीकाे अन्दाजी मूल्य रू. ५ लाख ९६ हजार बराबर रहेकाे जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएकाे छ ।
उक्त चिनीलाई थप अनुसन्धान सहित आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय बुटवल, रुपन्देही पठाइएकाे प्रहरी निरीक्षक तथा सुचना अधिकारी सुदर्शन पन्थीले बताउनुभएकाे छ ।



Ads