कल्पना खरेल
प्रकाशित मिति: २५ माघ २०८२, शनिबार २१:३५
सुनवल,माघ २४ गते । नियमित एच.पि.भि खाेप अभियान २०८२ अन्तर्गत भाेलि माघ २५ गतेदेखि ३ दिनसम्म सुनवल नगरपालिकामा एच.पि.भि खाेप संचालन गरिने भएकाे छ ।
नगरभित्रका सामुदायिक र संस्थागत विद्यालयमा कक्षा ६ मा अध्ययनरत छात्राहरू र विद्यालय नजाने ११ देखि १४ बर्ष उमेर समुहका किशोरी तथा गत बर्ष एच.पि.भि खाेप लगाउन छुटेका मध्ये हाल कक्षा ७-१० सम्म अध्ययनरत छात्राहरूलाई याे खाेप लगाइने छ ।
याे खाेप एच.पि.भि प्रजाति १६ र १८ काे कारणबाट संक्रमण हुने पाठेघरकाे मुखकाे क्यान्सर हुनबाट सुरक्षित गर्दछ ।
सामुदायिक र संस्थागत विद्यालय गरी लक्ष्यित समुहका ७२१ छात्रा र विद्यालय नजाने १७ किशोरी गरि जम्मा ७३८ किशोरीलाई याे खाेप लगाइने छ ।
त्यसका लागि विद्यालयमै गएर खाेप लगाउने सपूर्ण व्यवस्था मिलाइएको सुनवल स्वास्थ शाखा प्रमुख कृष्णप्रसाद न्याैपानेले बताउनुभयाे ।
सुनवल नगरप्रमुख विमला अर्यालले एच.पि.भि खाेप किशोरीकाे स्वास्थ र जीवनसगँ सराेकार राख्ने बिषय भएकाेले लक्ष्यित समूहका किशाेरीहरू कुनैपनि नछुटाउन आवश्यक स्वास्थ्यकर्मी परिचालन गर्न स्वास्थ्य शाखालाई निर्देशन दिनुभयाे ।
नवलपरासी जिल्लामा मात्र ३ हजार ७५५ किशोरीहरूलाई एच.पि.भि खाेप लगाइदै छ।