ताजा अपडेटः

दोस्रो स्मृति कप फुटबलमा सिद्वार्थ FC  र माकर युवा क्लब   विजयी

दोस्रो स्मृति कप फुटबलमा सिद्वार्थ FC  र माकर युवा क्लब   विजयी प्रकाशित मिति: २३ मंसिर २०८०, शनिबार २१:५०

कल्पना खरेल, नवलपरासी । दोस्रो स्मृति कप २०८० खुल्ला नक आउट पुरुष फुटबल प्रतियोगिता अन्तर्गत आज भएकाे दुई खेलमा सिद्वार्थ FC  र माकर युवा क्लब विजयी भएका छन् । पश्चिम नवलपरासीको सुनवल-३,किर्तिपुर-२, खेलमैदानमा जारी उक्त खेलमा  सिद्वार्थ FC ले गाेरखदल गण परासीलाई हराउदै र माकर युवा क्लबले सम्झना युवा क्लबलाई हराउँदै विजयी भएका हुन्  ।


आज भएकाे यी दुई खेलमा सिद्वार्थ FC  र माकर युवा क्लबले आफ्ना प्रतिद्वन्द्वीलाई शुन्यका जिरूद्व १/१ गाेल गरेका थिए ।
आजकाे खेलमा सिद्वार्थ FC का जर्सि नम्बर ३ का खेलाडी आस्मान थापा र सम्झना युवा क्लबका जर्सि नम्बर १६ का खेलाडी  विशाल शाही म्यान अफ द म्याच घाेषित भएका छन् ।


भोलीकाे खेल आयाेजक किर्तिपुर युवा क्लब Vs  सनराइज युवा क्लब  बडेरा विच प्रतिस्पर्धात्मक खेल हुने आयाेजक समितिले जनाएकाे छ ।



Ads