ताजा अपडेटः

अबैध चामल बरामद

अबैध चामल बरामद प्रकाशित मिति: ३ भाद्र २०८०, आईतवार ०८:२६

कल्पना खरेल ।  आज आईतवार बिहान करिब साढे ६ बजे  पश्चिम नवलपरासीको प्रतापपुर गा.पा. ५ धर्मौलीबाट अबैध १ लाख १  हजार मुल्य बराबरको चामल प्रहरीले बरामद गरेकाे  छ ।
भारतबाट अवैध रुपमा भन्सार छली नेपालल्याई  लुकाई छिपाई राखेको अवस्थामा प्रहरी चौकी बसहियाबाट प्र.स.नि. जनार्दन यादवको कमाण्डमा खटिगएको गस्ती टोलीले उक्त मूल्य बराबरकाे  ३७ बोरा (२२ क्विन्टल २० के.जी.) चामल बरामद गरेकाे हाे ।
बरामद गरिएकाे चामललाई  आवश्यक कारबाहीको लागि भन्सार कार्यालय महेशपुर  पठाउने कार्य भईरहेको प्रहरी नायव उपरीक्षक एवम् सूचना अधिकारी भाेजराज पाण्डेले बताउनुभएको छ ।
उक्त स्थान प्रहरी चाैकी बसहियाबाट अन्दाजी ४ कि.मि. पुर्व-दक्षिण पर्ने गर्दछ ।



Ads