ताजा अपडेटः

सुनवल रोजगार शाखाद्धारा ७७ जनालाई रोजगार, १९७ जनालाई सिपमूलक तालिम र ५० जनालाई वित्तिय साक्षरता तालिम प्रदान

कल्पना खरेल
सुनवल रोजगार शाखाद्धारा ७७ जनालाई रोजगार, १९७ जनालाई सिपमूलक तालिम र ५० जनालाई वित्तिय साक्षरता तालिम प्रदान प्रकाशित मिति: १८ असार २०८२, बुधबार २३:०२

सुनल, असार १८ गते । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत सुनवल नगरपालिकाको रोजगार शाखाले आर्थिक वर्ष २०८१ /०८२ मा ७७ जनालाई रोजगार दिएको छ । त्यसैगरी सामि कार्यक्रम अन्तर्गत ५० जनालाई वित्तिय साक्षरता तालिम दिएको छ ।
नगरपालिकाको १३ वटा वडाबाट ३०५ सुचिकृत वेरोजगारमध्ये ७७ जनालाई सय दिनको रोजगारमा संलग्न गरिएको छ । भने वडा नम्बर ११ र वडा नम्बर ६ गरी ५५ जनालाई वित्तिय साक्षरता तालिम प्रदान गरिएको रोजगार शाखा प्रमुख कृष्ण ढकालले बताउनुभयो ।
वित्तिय साक्षरता तालिममा सहभागि भएका वैदेशिक रोजगारमा गएका वडा नम्बर ११ र वडा नम्बर ४ का परिवारको समुहलाई उद्यमसगँ जोड्न टपरी बनाउने तालिम सहित टपरी बनाउने मेशिन, केरवानी मौरी पालन महिला समुहलाई मौरीको घार हस्तान्तरण गरिएको छ ।
रोजगार शाखा प्रमुुख ढकालका अनुसार रोजगार शाखाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत नै ७७ जनालाई ४० दिनको प्लम्बर तालिम र १० दिन जीवन उपयोगी तालिम प्रदान गरिएको छ । वैदेशिक रोजगार वोर्डसगँ समन्वय गरेर ४० जनालाई किचन हेल्पर तालिम, ४० जनाको इलेक्ट्रिसियन तालिम र ४० जना महिलालाई गार्मेन्ट मेशिन अप्रेटर तालिम प्रदान गर्न सहजीकरण गरेको छ ।
बैदेशिक रोजगार कल्याणकारी सेवा अन्तर्गत बैदेशिक रोजगारमा मृत्यु भएकालाई रु १० लाख, अंगभंग भएकालाई अधिकतम रु ७ लाख, वैदेशिक रोजगारमा गई हराएकालाई खोजतलासमा सहयोग , पारिवारीक स्वास्थ्य उपचार बापत ५० हजार , वैदेशिक रोजगार छात्रवृत्ति अन्तर्गत कक्षा १० सम्म वार्षिक १२ हजार र कक्षा १२ सम्म वार्षिक १६ हजार दिन सहजिकरण गरिरहेको छ । भरखर मात्र कन्सुलर विभागको सेवा सहजीकरण पनि सुरु गरिएको छ ।
२०६७ सालमा सामि परियोजना अन्तर्गत विभिन्न स्थानिय तहमा संचालनमा हुदै आएपनि केहिँ बर्षदेखि स्थानिय तहको मातहतमा रहेर रोजगार शाखा अन्तगत संचालनमा रहेको छ ।




Ads