ताजा अपडेटः

नेपाल मगर संघ जिल्ला समन्वय समिती नवलपरासी साविकको १२ औ जिल्ला अधिबेशन सम्पन्न

नेपाल मगर संघ जिल्ला समन्वय समिती नवलपरासी साविकको १२ औ जिल्ला अधिबेशन सम्पन्न प्रकाशित मिति: २६ फाल्गुन २०७९, शुक्रबार २१:०५

कल्पना खरेल , सुनवल । नेपाल मगर संघ जिल्ला समन्वय समिती नवलपरासी साविकको १२ औ जिल्ला अधिबेशन तथा जिल्ला बिभाजन पछिको दोस्रो अधिबेशन बर्दघाट नगरपालिका वडा नम्बर ४ मा अवस्थित दिवयज्योती बौद्ध बिहारमा सम्पन्न भाएको छ ।

सम्पन्न अधिबेशनबाट मिनमाया थापा मगरको अध्यक्षतामा २५ सदस्यीय नेपाल मगर संघ जिल्ला समन्वय समिति नवलपरासी गठन गरीएकाे छ ।


जसको उपाध्यक्षमा चन बहादुर गाहा मगर रहनु भएको छ भने सचिवमा धनिराम राना मगर, कोषाध्यक्षमा टेक बहादुर पुम मगर, सह -सचिवमा दिलिप पुन मगर चयन हुनुभएकाे छ भने सदस्यहरुमा क्रमश: जमुना थापा मगर,धन बहादुर थापा मगर, कमला सारु मगर, कृष्ण कुमारी आले मगर, तारा बहादुर पुन मगर, कमल बहादुर राना मगर, राजु पुन मगर, पबित्रा बुढाथोकी मगर कृष्ण बहदुर कामु मगर कला ज्ञामी मगर प्रेम बहादुर सोमै मगर, रन बहादुर थापा मगर, खिम बहादुर राना, चन्द्र बहादुर थापा मगर, छ्प बहादुर राना,नर बहादुर थापा र पुर्ण बहादुर थापा लगाएत चयन हुनु भएको नेपाल मगर संघ लुम्बिनी प्रदेश सदस्य मन बहादुर थापा मगरले जानकारी दिनु भएको छ ।

कार्यक्रम नेपाल मगर संघ जिल्ला समन्वय समितिका अध्यक्ष डिल बहादुर थापा मगरको अध्यक्षता, नेपाल मगर संघ लुम्बिनी प्रदेश अध्यक्ष बिमल सारु मगरको प्रमुख आतिथ्यतामा एवम् लुम्बिनी प्रदेश सदस्य मन बहादुर थापा मगरको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल मगर संघका निवर्तमान अध्यक्ष लुम बहादुर खाम्चा मगर, पुर्ब जिल्ला अध्यक्ष बल वहादुर तिलिजा मगर,आदिवासी जनजाति महासंघ जिल्ला अध्यक्ष तारा राना मगर, सुनवल वडा नम्बर १० का अध्यक्ष डिल बहादुर थापा मगर, बौद्ध सेवा संघका जिल्ला अध्यक्ष रमेश सिंह राना लगाएतले शुभकाममा मन्तव्य गर्नुभएकाे थियाे ।

कार्यक्रम जिल्ला उपाध्यक्ष मिन माया थापाकाे स्वागत र सचीव दिपक राना मगरकाे संचालनमा सम्पन्न भएकाे हाे ।