ताजा अपडेटः

स्थानीय तहमा लगत संकलन सम्बन्धी काम पुनः थाल्ने:राष्ट्रिय भूमि आयोग

स्थानीय तहमा लगत संकलन सम्बन्धी काम पुनः थाल्ने:राष्ट्रिय भूमि आयोग प्रकाशित मिति: २७ मंसिर २०७९, मंगलवार १५:४६

काठमाडौं।राष्ट्रिय भूमि आयोगले आज सूचना जारी गर्दै स्थानीय तहमा लगत संकलन सम्बन्धी काम पुनः थाल्ने भएको छ । निर्वाचन आचार संहिता हटेसँगै भोलीदेखि भूमि आयोगले लगत संकलन लगायत काम सुरु गर्न लागेको हो ।

आयोगले सूचना जारी गर्दै अतिरिक्त लगत संकलन, जग्गा नापजाँच, जग्गाको निस्सा तथा जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरण गर्ने कार्य बाँकी अवधि म्याद रहने गरी भोलीबाट पुनः सुचारु गरिने जानकारी दिएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन आचार संहिता लागू गरेको थियो । आयोगले आचार संहिता निष्क्रिय भएको निणर्यको जानकारी नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सम्पुर्ण  मन्त्रालय तथा संवैधानिक निकायहरूमा गराइएको जनाएको छ ।



Ads