ताजा अपडेटः

दाङको बबई गाउँपालिका प्रमुखको कार्यकक्षमा आगलागि

दाङको बबई गाउँपालिका प्रमुखको कार्यकक्षमा आगलागि प्रकाशित मिति: २६ असार २०८०, मंगलवार १०:५९

दाङ  । दाङको बबई गाउँपालिका प्रमुखको कार्यकक्षमा आगलागी भएको छ । हिजाे साेमवार बेलुकी  विद्युतको तार सर्ट भएर आगलागी भएको इलाका प्रहरी कार्यालय हापुरेले जनाएको हाे। आगलागीबाट गाउँपालिका प्रमुखको कार्यकक्षमा रहेका दुई वटा सोफासेट, टेबुल र झ्यालका सिसाहरु पूर्णरुपमा जलेका प्रहरीले बताएको छ।

आगलागी भएको केही समयमै प्रहरी, स्थानीय र कर्मचारीको सकृयतामा आगो निभाइएकाे हाे । समयमै जानकारी पाउँदा समयमै आगो नियन्त्रण आएको हुँदा ठूलो क्षति हुनबाट बचेको प्रहरीको भनाइ छ।



Ads