कल्पना खरेल
प्रकाशित मिति: ३ बैशाख २०८३, बिहीबार २२:५९ सुनवल, फागुन ३ गते । नवनिर्वाचित प्रतिनिधि सभाका सांसद नरेन्द्र कुमार गुप्तालाई अधेरीखाेला खानेपानी तथा सरसफाई उपभोक्ता समिति सुनवल ११ र १२ नवलपरासीले बधाई तथा शुभकामना आदान- प्रदान कार्यक्रमकाे आयाेजना गरेकाे छ । संस्थाका अध्यक्ष राजकुमार श्रेष्ठ काे अध्यक्षतामा आज उक्त कार्यक्रमकाे आयाेजना गरिएकाे हाे ।
साेहि क्रममा सांसद गुप्तालाई संस्थाकाे तर्फफबाट
खानेपानी समितिका अध्यक्ष श्रेष्ठले सहलगानी अन्तर्गतकाे ३० कराेड ४४ लाखकाे याेजना कार्यान्वयनका लागि पहल गर्न ज्ञापन पत्र बुझाउनुभएकाे थियाे ।

सांसद गुप्ताले ज्ञापनपत्र बुझ्दै उक्त याेजना कार्यान्वयनका लागि आफुले पहलकदमी गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयाे ।
उहाँले यस क्षेत्रका ठुला याेजनाहरूलाई प्राथमिकताका आधारमा अगाडि बढाउने बताउदै स्थानीय जनताका विकास साना याेजनाहरू सम्पन्न गर्न स्थानीय सरकारसगँ समन्वयकारी भूमिका खेल्ने उल्लेख गर्नुभयाे ।

संस्थाका सचिव केशवकान्त न्याैपानेकाे संचालन रहेकाे कार्यक्रममा मामी सति सबरिया सामुदायिक वन उपभोक्ता समूह, मामी सति सबरिया धार्मिक पर्यटकिय विकास क्षेत्र समिति , शिवालय मन्दिर व्यवस्थापन समिति, स्थानीय आमा समुह लगायतको उपस्थिति रहेकाे थियाे ।