ताजा अपडेटः

पश्चिम नवलपरासीको भुमही स्थित होटल एटलसबाट लागु औषध सहित २ जना व्यक्ति नियन्त्रणमा

पश्चिम नवलपरासीको भुमही स्थित होटल एटलसबाट लागु औषध सहित २ जना व्यक्ति नियन्त्रणमा प्रकाशित मिति: २६ पुष २०७९, मंगलवार १८:२६

प्रदिप न्याैपाने, सुनवल । पश्चिम नवलपरासीको भुमही स्थित एक होटलबाट लागु औषध सहित २ जना व्यक्तिलाई नियन्त्रणमा लिईएको छ ।

सुनवल नगरपालीका वडा नम्बर १२ भुमहि चोकमा रहेको होटल एटलसमा कोठा नम्बर ३०३ बुक गरी बसेका दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १५ शान्तिटोल घर भएका अन्दाजी २७ वर्षिय सनम पुन मगर र सोहि ठाउँका अन्दाजी २१ वर्षिय विराट के.सीलाई लागु औषध सहित नियन्त्रणमा लिईएको हो ।

विहान कोठाबाट बाहिर निस्कने क्रममा शंका लागी सोहि होटलमा काम गर्ने कामदारले प्रहरीलाई खवर गरेका थिए ।
खवरको आधारमा तत्कालैे ईलाका प्रहरी कार्यालय सुनवलका प्रहरी निरिक्षक विष्णु प्रसाद पौडेलको कमाण्डमा र जिल्ला प्रहरी कार्यालयबाट क्इऋइ सहित ७ जनाको टोलीले उनीहरुलाई नियन्त्रणमा लिई चेकजाचँ गर्ने क्रममा निजको रातो फेन्सी झोलाबाट फेनारागन २१ एम्पुल ,डाईजेपाम २१ एम्पुल र नुर्फिन ३१ एम्पुल गरी जम्मा ७३ एम्पुल लागु औषध फेला परेको प्रहरी नायव उपरिक्षक तथा सुचना अधिकारी भोजराज पाण्डेयले जानकारी दिनुभएको छ ।

लागुऔषध सहित दुवैजनालाई नियन्त्रणमा लिई जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुसन्धान भईरहेको प्रहरी नायव उपरिक्षक पााण्डेले बताउनुभयो ।



Ads