ताजा अपडेटः

मेराे उमेदवारी यस क्षेत्रकाे विकास र जेनजी पुस्ताकाे मागलाई सम्बाेधन :- भिमबहादुर थापा ( भरत )

कल्पना खरेल
मेराे उमेदवारी यस क्षेत्रकाे विकास र जेनजी पुस्ताकाे मागलाई सम्बाेधन :- भिमबहादुर थापा ( भरत ) प्रकाशित मिति: १२ माघ २०८२, आईतवार २०:३३

नवलपरासी, माघ ११ गते । नवलपरासी निर्वाचन क्षेत्र नम्बर २ का नेपाली कांग्रेसका उम्मेदवार भीमबहादुर थापा (भरत) ले आफ्नाे उमेदवारीले जेनजीकाे मागलाई सम्बाेधन गर्ने बताउनुभयाे ।
आज आइतबार पत्रकार भेटघाट कार्यक्रममा बाेल्दै उहाँले जेनजी आन्दाेलनले युवा पुस्ताकाे नेतृत्वलाई स्थापित गरेकाे भन्दै संसदमा जेनजीकाे मागलाई उठाइने बताउनुभएकाे हाे ।
तीन बर्ष उद्योग वाणिज्य संघ नवलपरासीको जिल्ला अध्यक्ष र सुनवल नगरपालिकाको नगरप्रमुखकाे जिम्मेवारीमा रहेर यस क्षेत्रका जनताकाे आवश्यकता, माग , संभावना र विकासलाई नजिकबाट हेरेकाे भन्दै आफ्नाे उमेदवारी यस क्षेत्रकाे विकासका लागि भएकाे टिप्पणी गर्नुभयाे ।
निवर्तमान नगरप्रमुख भइरहदा आफ्नाे कार्यकालमा पाउनु पर्ने कुनै पनि सेवा सुविधा नलिएको र त्यसबापतकाे २७ लाखमध्ये आमा समूह भवन निर्माण, प्रतिक्षालय निर्माण र मन्दिर निर्माणमा खर्च गरी बाँकी १९ लाख समेत नगरपालिकाकाे सञ्चित कोषमा जम्मा गरेको उहाँकाे भनाइ छ।
काेभिड महामारीकाे समयमा यसक्षेत्रका जनतालाई बचाउन गरेकाे याेगदानकाे राज्यले समेत सम्मान गरेकाे बताउदै
थापाले यस क्षेत्रका मतदाताले साे कार्यकाे मुल्यांकन गर्ने विश्वास समेत व्यक्त गर्नुभयाे ।
उहाँले राेेगजार सृजना, उद्योग प्रवद्वन,
संरक्षण र ठूला उद्योग स्थापना देखि भाैतिक विकास ,
आर्थिक विकास,सुशासन बजार व्यवस्थापन र पर्यटन विकासका लागि आफ्नाे उमेदवारी रहेकाे दावी गर्नुभयाे ।
उहाँलाई उद्योग वाणिज्य संघ नवलपरासीको तीन पटकसम्म
अध्यक्ष रहदा लगातार तीन पटक नेपाल सरकारबाट उत्कृष्ट उवासंघलाई अवार्ड ,कोरोना महामारीका समयमा नगरपालिकाले खेलेको भूमिकालाई मूल्याङ्कन गर्दै २०७८ सालमा सुनवल नगरपालिकालाई सरकारले ‘सुप्रवल जनसेवा श्री’ पदकले सम्मान गरेको थियाे ।
आफ्नै कार्यकालमा सुनवल क्षेत्रमा औद्योगिक ग्राम स्थापना,प्रशासनिक भवन निर्माण, उद्यम केन्द्र स्थापना, देशमै पहिलाे बालमैत्री नगरपालिका घाेषणा लगायत शिक्षा, स्वास्थ्य, महिला रोजागार लगायतमा क्षेत्रमा जिल्लामै उत्कृष्ट भएकाे बताउनुभयाे ।
उम्मेदवारी दर्ताका क्रममा देखिएको विवादबारे पत्रकारलाई जानकारी दिदै लाेकतान्त्रिक पार्टीभित्र आन्तरिक प्रतिस्पर्धा हुनु स्वभाविक भएकोले उमेदवारी दर्तापश्चात साे विवाद टुङ्गिएकाेले
एकताबद्ध भएर चनवी अभियानमा होमिने बताउनुभयाे ।

 




Ads