सुनवल, भदाै ६ गते । लुम्बिनी माध्यमिक विद्यालयकाे आज शुक्रबार सम्पन्न अभिभावक भेलाले गंगाबहादुर गुरूङकाे अध्यक्षतामा ७ सदस्यीय विद्यालय व्यवस्थापन समिति चयन गरेकाे छ ।
जसकाे सदस्यमा दुर्गा देवि काफ्ले, टीका प्रसाद अधिकारी, मिना शर्मा ढकाल, राम चन्द्र सपकाेटा, सृजना काफ्ले र सदस्य सचिवमा हुमनाथ सुवेदी रहनुभएकाे छ । साेहिक्रममा आर्थिक बर्ष २०८१/०८२ को आम्दानी र खर्चको आर्थिक प्रतिबेदन प्विरस्द्यातत गरिएकाे थियाे । विद्यालयका प्रधानध्यापक हुमनाथ सुबेदिद्वारा प्रस्तुत आर्थिक प्रतिबेदनमा रु ४ करोड ४६ लाख ३९ हजार ५३५ आम्दानी र ४ करोड ५६ लाख ७ हजार ३४५ खर्च उल्लेख गरिएको वडा अध्यक्ष मन बहादुर थापा मगरले जानकारी दिनुभयाे ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख विमला अर्यालले सुनवल नगरपालिका नेपालकै पहिलो बालमैत्री नगरपालिका रहेकाे भन्दै यहाँका बालबालिका मेहनती र अनुशासित हुनुपर्ने बताउनुभयो । उहाँले माध्यमिक शिक्षातर्फ कक्षा १२ को परिक्षामा विद्यालयले ल्याएकाे नतिजा खासै सन्ताेषजनक नभएकाेले गुणस्तरीय शिक्षातर्फ ध्यान दिनुुपर्ने सुझाव दिनुभयाे ।
कार्यक्रममा स्वागत मन्तव्य एको कार्यक्रमको संचालन लेखा अधिकृत चुडामणि खनालकाे संचालन र विद्यालय ब्यबस्थापन समितिका सदस्य टीका अधिकारीकाे स्वागत रहेकाे कार्यक्रममा नगर उप प्रमुख सुर्य दुवे, वडा नम्बर १ का वडा अध्यक्ष मन बहादुर थापा मगर, कार्यपालिका सदस्य सीता भण्डारी, शिक्षा शाखा प्रमुख पशपति भट्टराई, सल्लाहकार थमन सिंह नेपाली ,चित्र बहादुर गुरुङ लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएकाे थियाे ।