ताजा अपडेटः

सुनवल नगरपालिकाकाे ५० प्रतिशत अनुदानमा कृषि ओैजार तथा सामाग्री वितरण

सुनवल नगरपालिकाकाे ५० प्रतिशत अनुदानमा कृषि ओैजार तथा सामाग्री वितरण प्रकाशित मिति: २७ फाल्गुन २०८०, आईतवार २२:०३

कल्पना खरेल, नवलपरासी । सर्वाङ्गिण कृषि सहकारी संस्था लि. सुनवल १ पश्चिम नवलपरासीले आज आइतबार कृषि ओैजार  सामाग्री वितरण तथा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेकाे छ ।
सुनवल ६ विसासयलाई गहुपकेट क्षेत्र घाेषणा गर्दै सुनवल नगरपालिकाकाे ५० प्रतिशत अनुदान  र सर्वाङ्गिण कृषि सहकारी संस्था लि.काे सहयाेगमा किसानकाे माग अनुसार कृषि ओैजार तथा सामाग्री वितरण गरिएकाे हाे ।
कार्यक्रममा एउटा हाते टेक्टर,२५ वटा त्रिपाल ,१५ वटा माेटर ,५ वटा चापकटर ,एउटा पम्पिसेट,२० वटा स्प्रे मेसिन , २ टा मिल ,४ सय केजि सिंचाई पाएप, गहुमा छर्ने मल तथा पाेषण तत्व गरि करिब १२ लाख २ हजार बराबरकाे कृषि ओैजार सामाग्री हस्तान्तरण गरिएकाे संस्थाका अध्यक्ष खगराज उपाध्यायले बताउनुभएकाे छ ।
दुई बर्षे कार्यक्रम अन्तर्गत सर्वाङ्गिण कृषि सहकारी संस्था लि.ले कृषक लाभान्वित कार्यक्रम अन्तर्गत गत वर्ष मात्र  २४ लाख भन्दा बढिकाे कृषि ओैजार तथा सामाग्री वितरण गरेकाे संस्थाका उपाध्यक्ष रूद्रनाथ लामिछानेले जानकारी दिनुभयाे ।
संस्थाका उपाध्यक्ष रूद्रनाथ लामिछानेको स्वागत र संस्थाकाे सचिव कृष्ण अर्यालकाे संचालन रहेकाे कार्यक्रममा संस्थाका अध्यक्ष खगराज उपाध्यायले कार्यक्रमकाे उदेश्यमाथि प्रकाश पार्नुभएकाे थियाे भने वडा नम्बर ६ का वडा अध्यक्ष हिमलाल चापागाईं , १ का वडा अध्यक्ष मान बहादुर थापा लगायतले शुभकामना मन्तब्य व्यक्त गर्नुभएकाे थियाे ।



Ads