ताजा अपडेटः

खखरीबारीमा यहिँ श्रावण १ गतेदेखि ३१ गतेसम्म श्रावणी महामहोत्सव २०८२ हुने

कल्पना खरेल
खखरीबारीमा यहिँ श्रावण १ गतेदेखि ३१ गतेसम्म श्रावणी महामहोत्सव २०८२ हुने प्रकाशित मिति: २७ बैशाख २०८२, शनिबार २२:१६

सुनवल , बैशाख २७ गते । पश्चिम नवलपरासी स्थित सुनवल नगरपालिका वडा नम्बर १० खखरीबारीमा यहिँ श्रावण १ गतेदेखि ३१ गतेसम्म ॐ कारेश्वर राष्ट्र कल्याण विश्व शान्ति श्रावणी महामहोत्सव २०८२ हुने भएको छ । हरिहर ॐ कारेश्वर महादेव सेवा समितिका अध्यक्ष मोहनीलाल न्यौपानेको अध्यक्षता एवं सुनवल नगरप्रमुख विमला अर्यालको प्रमुख आतित्थ्यतामा आज शनिबार सम्पन्न मूल समारोह समिति गठन तथा संकल्प सभा कार्यक्रममा उक्त कुराको जानकारी गराईएको हो ।
मूल समारोह समिति गठन तथा संकल्प सभाले जिल्ला सहकारी संघ नवलपरासीका अध्यक्ष विष्णु प्रसाद पौडेलको संयोजकत्वमा मुल समारोह समिति गठन गरेको छ । त्यस्तै निवर्तमान नगरप्रमुख भिम बहादुर थापाको संयोजकत्वमा सल्लाहकार समिति चयन गरेको छ ।
कार्यक्रममा बोल्दै नगरप्रमुख अर्यालले धर्मसंस्कृतिको संरक्षण र सम्बद्धनले सुसंस्कृत समाज निर्माण हुनेभएकोले यसको प्रचार प्रसारलाई तिब्रता दिन आग्रह गर्नुभयो । उहाँले नगरभित्र रहेका यस्ता धार्मिक स्थलको स्तरोन्नतीका लागि स्थानिय सरकार लागि परेको भन्दै आन्तरीक तथा बाह्य पर्यटक प्रवद्धनमा यसले टेवा पुग्नेमा विश्वास व्यक्त गर्नुभयो ।
त्यसैगरी संकल्पकर्ता तथा बालव्यास श्रवण न्यौपानेले श्रावण्ी महोत्सवमा प्रख्यात भागवत बाचिका राधिका दासिको आगमन हुने र २ सय भन्दा बढि कथा बाचकको उपस्थिती रहने बताउनुभयो । उहाँले यो महोत्सव लुम्बिनी प्रदेशकै आजसम्मको सबैभन्दा भव्य रहने भएकाले सम्पूर्ण नगरबासीर्ला तन मन र धनले जति सकिन्छ सहयोग गर्न आग्रह गर्नुभयो ।
प्रदिप अर्यालको संचालन र मन्दिरका पूर्व अध्यक्ष विष्णु पौडेलको स्वागत रहेको कार्यक्रममा पत्रकार अर्जुन भुषाल, निवर्तमान नगरप्रमुख भिम बहादुर थापा, उद्योग वाणिज्य संघका केन्द्रिय सदस्य केशव भण्डारी, उद्योग वाणिज्य संघ सुनवलका अध्यक्ष रमेश कर्माचाय, मुलपानी सामुदायिक वनका अध्यक्ष यज्ञप्रसाद पाण्डे, महाकवि देवकोटा बहुमुखि क्याम्पसका व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद लामिछाने, सामाजिक तथा धार्मिक व्यक्तित्व देवी घिमिरे, मोहन कार्की, निशा पराजुली लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।




Ads