ताजा अपडेटः

सुनवल नगरभित्रका अन्तर मावि र आधारभूत विद्यालयमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

सुनवल नगरभित्रका अन्तर मावि र आधारभूत विद्यालयमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न प्रकाशित मिति: ३० बैशाख २०८०, शनिबार १९:३१

कल्पना खरेल, नवलपरासी  ।  सुनवल नगरपालिकाकाे आयाेजना तथा सार्वजनिक आधारभूत विद्यालयकाे प्राविधिक सहयाेगमा  आधारभूत विद्यालयहरू विच हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएकाे छ ।

अन्तरविद्यालयमा अध्ययनरत आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूकाे प्रतिभा प्रस्फुटन गराउने उदेश्य सहित उक्त हाजिरी जवाफ प्रतियोगिताकाे आयाेजना गरिएको थियाे ।


जसमा रमापूर मावि प्रथम, सुनवल मावि द्वितीय र धान्यान्चल मावि तृतीय भएका छन् । जसअन्तर्गत सुनवल नगरपालिका भित्रका १५ आधारभूत विद्यालयकाे सहभागिता रहेकाे थियाे ।
त्यसैगरी अन्तर मावि हाजिरी जवाफ प्रतियोगिता सुनवल १ लुम्बिनी माविमा सम्पन्न भएकाे छ ।

सुनवल नगरपालिका द्वारा आयाेजित उक्त हाजिरी जवाफ प्रतियोगितामा नगर भित्रका ११ वटा मावि विद्यालयहरू विच प्रतिस्पर्धा भएकाे थियाे ।

जसअन्तर्गत रमापुर माविबाट सहभागी कमल गिरी ,प्रिया बस्नेत र आयूष सुनारकाे समूह सान्त्वना भएका छन् भने जनसेवा मावि विसासय तृतीय, धान्यान्चल मावि वडेरा द्वितिय  र महाकवि नमूना मावि सुनवल प्रथम भएका छन् ।



Ads