ताजा अपडेटः

पाल्हिनन्दनमा सवारी दुर्घटनामा दुई जनाको मृत्य

कल्पना खरेल
पाल्हिनन्दनमा सवारी दुर्घटनामा दुई जनाको मृत्य प्रकाशित मिति: २१ असार २०८२, शनिबार १९:१७

पाल्हिनन्दन , असार २१ गते । नवलपरासी पश्चिम स्थित पाल्हिनन्दनमा आज दिउँसाे १:५० बजे भएकाे सवारी दुर्घटनामा दुई जनाको मृत्य भएकाे छ।
पाल्हिनन्दन गाँउपालिका वडा नं १ झरहीखोला स्थित महेशपुर भुजहवा भित्री सडकखण्डको मोडमा भुजहवाबाट महेशपुर तर्फ आउदै गरेको लु २ ख ६५४ नं. को बसलाई सोहि दिशा तर्फबाट आउदै गरेको लु ४७ प ४८७९ नं. को मोटरसाईकलले ओभरटेक गर्ने क्रममा उक्त मोटरसाईकललाई बसले ठक्कर दिएकाे थियाे । दुर्घटनामा परि मोटरसाईकलमा सवार प्रतापपुर गाँउपालिका वडा नं. ४ पाँचपेडा बस्ने बर्ष अं.२०/२१ को भोला राजभर र रामग्राम नगरपालिका वडा नं. १५ डिगवल बस्ने बर्ष अं. २०/२१ को राहुल राजभर गम्भिर घाइते भएका थिए ।
उनीहरूलाई उपचारको लागि जिल्ला अस्पताल परासी ल्याईएकोमा दिउँसो साढे २ बजे डाक्टरले मृत घोषण गरेको सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक वीर दत्त पन्तले बताउनुभयाे । यतिबेला बस र बस चालकलाई जिल्ला प्रहरी कार्यालय नवलपरासीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेकाे छ ।




Ads