ताजा अपडेटः

रामनगर एकेडेमी स्कुलद्वारा एसईई परिक्षामा उत्तिर्ण विद्यार्थीलाई सम्मान

कल्पना खरेल
रामनगर एकेडेमी स्कुलद्वारा एसईई परिक्षामा उत्तिर्ण विद्यार्थीलाई सम्मान प्रकाशित मिति: १७ असार २०८२, मंगलवार २३:२३

सुनवल असार १७ गते । सुनवल १२ स्थित रामनगर एकेडेमीले आज मंगलबार २०८१ काे एसईई परिक्षामा उत्तिर्ण विद्यार्थी र उनका अभिभावकलाई सम्मान गरेकाे छ ।
विद्यालय व्यवस्थापन समितिकाे अध्यक्ष लेखनाथ खरेलकाे अध्यक्षता एवं सुनवल नगर शिक्षा शाखा प्रमुख विष्णुप्रसाद गाेतामेकाे प्रमुख आतिथ्यतामा उक्त सम्मान कार्यक्रम सम्पन्न भएकाे हाे ।
सम्मान कार्यक्रममा बाेल्दै प्रमुख अतिथि शिक्षा शाखा प्रमुख गाेतामेले सुनवल नगरपालिका भित्रकाे सामुदायिक विद्यालय र संस्थागत विद्यालय दुवैकाे पढाइकाे गुणस्तर जिल्लामै उत्कृष्ट रहेकाे बताउनुभयाे ।
रामनगर एकेडेमीले ल्याएकाे नजिताकाे खुलेर प्रशंसा गर्दै उहाँले याे नतिजालाई निरन्तरता दिन विद्यालय व्यवस्थापन समिति र शिक्षकलाई आग्रह गर्नुभयाे । प्रमुख गाेतामेले सुनवलमा +2 मा अध्ययन गर्न राम्रा-राम्रा कलेजहरू रहेकाेले अध्ययनका लागि पैसा खर्च गरेर बाहिरी जिल्ला जान आवश्यक नरहेकाे टिप्पणी गर्नुभयाे ।
साेहि क्रममा बाेल्दै विद्यालयकाे प्रिन्सिपल जनक अधिकारीले रामनगर एकेडेमीले २०६३ सालमा स्थापना भई २०६५ सालदेखि SLC शुरू गर्दै २०७२ सालमा SEE लागू भए पश्चात २०८० काे SEE बाहेक हरेक बर्ष सतप्रतिशत नतिजा ल्याउन सफल भएकाे बताउनुभयाे ।
त्यसमध्येपनि २०८१ सालकाे SEE नजिता हालसम्ममकै सर्वाेत्कृष्ट नतिजा भएकाेमा खुसी व्यक्त गर्दै उहाँले याे नतिजा शिक्षक, अभिभावक र विद्यार्थीकाे मेहनतकाे प्रतिफल भएकाे बताउनुभयाे ।
५५ विद्यार्थी सहभागी भएकाेमा २४ जना A+, २९ जना A र २ जना B+ गरि सतप्रतिशत नतिजा ल्याएकाे छ ।

 

 




Ads