नवलपरासी पश्चिम , असार ११ गते । सरकारद्धारा अनुदान रकम कटाैती गरेको भन्दै उखु किसानले सर्घष समिति गठन गरेका छन् । सरकारले दिदै आएको अनुदान रकम तत्काल व्यवस्था नगरे आन्दोलनमा उत्रने उनीहरुले चेतावनी दिएका छन् । सरकारले यसअघि कार्यविधि बनाएरै अनुदान रकम दिदै आएको थियो ।
सरकारले यसअघि प्रतिक्विन्टल ७० रुपैयाँ उत्पादनको आधारमा किसानलाई अनुदान रकम दिदै आएको थियो । नयाँ बजेटमा अनुदान रकमबारे केहिँपनि उल्लेख नगरेपछि अनुदान रकम पाउनुपर्ने माग सहित श्यामबाबु रायको अध्यक्षतामा सघंर्ष समिति गठन गरिएको हो ।
नवलपरासी सहित सर्लाहि, सुनसरी, मोराङ, बारा, सिरहा, महोत्तरी, रौतहट लगाएत उखु खेतीहुने जिल्लाका प्रतिनिधि सहितको ३४ सदस्यीय सघंर्ष समिति गठन गरिएको छ ।
किसानले पहिलो चरणमा असार २० गते प्रधानमन्त्रि केपि शर्मा ओलीलाई भेटेर समस्या समाधानको विषयमा छलफल गर्ने र त्यसपछि चरणबद्ध सघंर्षका कार्यक्रमहरु गरिने उखु उत्पादक किसान समिति लुम्बिनी प्रदेशका अध्यक्ष एवं प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले बताउनुभयो ।
घट्दै गएको उखुखेती अनुदान रोकिएपछि आगामि दिनमा उखु उत्पादन झन घट्ने हुदा तत्काललै किसानले पाउनुपर्ने अनुदान रकम दिनुपर्ने उखु किसानको माग रहेको छ । अघिल्लो आर्थिक वर्षमा सरकाले अनुदान रकम ८० करोड विनियोजन गरेको थियो ।