ताजा अपडेटः

दुर्घटनामा परि ४५ जना घाईते एककाे अवस्था गम्भीर 

दुर्घटनामा परि ४५ जना घाईते एककाे अवस्था गम्भीर  प्रकाशित मिति: ७ माघ २०७९, शनिबार १४:०२

कल्पना खरेल,सुनवल । पश्चिम नवलपरासीकाे  पाल्हीनन्दन गा.पा.-१ झरहीखोला नजिकै    आज भएकाे बस दुर्घटनामा  एक जनाकाे अवस्था गम्भीर  रहेकाे छ भने अन्य ४५ जना यात्रु घाइते भएका छन् ।

त्रिवेणीधाम मेलामा तीर्थ गरी भारततर्फ फर्किदै गरेकाे  UP16FT 7466  नं. को भारतिय बस  अन्दाजी ११:३० बजे को स्टेरिङ फेल भई आफै अनियन्त्रित भई बाटो देखी अन्दाजी १० मिटर तल घोलामा  पल्टिदा साे दुर्घटना भएकाे हाे ।

अन्दाजी ६०/६५ जना सवार मध्ये  ४५ जना भारतीय  तिर्थालुहरु घाइते भई उपचारको लागि जिल्ला अस्पताल परासी पठाईएको प्रहरी नायव उपरीक्षक एवम् सूचना अधिकारी भाेजराज पाण्डेले बताउनुभएकाे छ ।

ईलाका प्रहरी कार्यालय महेशपुरबाट प्रहरी निरीक्षक मेघनाथ चांपागाईको कमाण्डमा ट्राफिक सहित १५ जना र  जिल्ला प्रहरी कार्यालय  नवलपरासीबाट   ११ जनाकाे टाेलीले  घटनास्थल पुगी घाईतेकाे उद्वार गरेकाे थियाे ।

दुर्घटनामा परि बस चालक समेत घाईते भएकाे र  घाइतेहरूमध्ये एक जनाको टाउकोमा चोट  लागि अवस्था  गम्भीर रहेको प्रहरीले जनाएकाे छ ।

साथै अन्य बस यात्रुहरुलाई गन्तब्य तर्फ पठाउने पहल भईरहेको, डिएसपी पाण्डेयले बताउनुभयाे ।



Ads