ताजा अपडेटः

सुनवल ३ मा ब्याग तथा झाेला बनाउने तालिम सम्पन्न

सुनवल ३ मा ब्याग तथा झाेला बनाउने तालिम सम्पन्न प्रकाशित मिति: १ बैशाख २०८१, शनिबार ११:०३


कल्पना खरेल,नवलपरासी । महिलामा लगानी सभ्य र समुन्न समाजकाे थालनी ” भन्ने नारा सहित सुनवल-३, पश्चिम नवलपरासीमा ब्याग तथा झाेला बनाउने तालिम सम्पन्न भएकाे छ । महिला उद्यम केन्द्र उपभोक्ता समितिकाे अध्यक्ष खुबी गुरूङकाे अध्यक्षता तथा  वडा नम्बर ३ का वडा अध्यक्ष पविन गुरूङकाे प्रमुख आतिथ्यतामा शुक्रबार तालिम सम्पन्न भएकाे हाे ।
कार्यक्रममा  बाेल्दै प्रमुख अतिथि वडा अध्यक्ष पविन गुरूङले तालिमबाट सिकेका सिपलाई व्यवसाय सगँ जाेडि आयआर्जन वृद्धि गर्नृपर्ने धारणा राख्नुभयाे । साथै उहाँले तालिम तालिममा मात्र सिमित नगराउनन आग्रह गर्दै , महिला दिदिबहिनीहरू पनि उद्यमशिल भई आत्मनिर्भर हुनुपर्नेमा  जाेड दिनुभयाे ।
कार्यक्रममा तालिममा सहभागी  ३० प्रशिक्षार्थीबाट उत्कृष्ट ५ प्रशिक्षार्थी छनाेैट गरी सम्मान समेत गरिएकाे थियाे । तालिममा प्रशिक्षार्थीले  हाते पर्स, लेडिज ब्याग , बजार झाेला, गरि ३ प्रकारका ब्याग तथा झाेला बनाएका थिए ।
महिला उद्यम केन्द्र उपभोक्ता समितिकाे सचिव बिनु परियारकाे संचालन र सह-सचिव नेत्र पचभैयाकाे स्वागत रहेकाे कार्यक्रममा वडा सदस्य श्याम बहादुर गुरूङ, जनउदय सामुदायिक वनका अध्यक्ष बल बहादुर थापा, प्रशिक्षक रिम माया थापा लगायतले बाेल्नुभएकाे थियाे ।



Ads