ताजा अपडेटः

नवलपरासीका किसानलाई मेसिनद्धारा धान रोप्न सिकाइदै

कल्पना खरेल
नवलपरासीका किसानलाई मेसिनद्धारा धान रोप्न सिकाइदै प्रकाशित मिति: ११ असार २०८२, बुधबार ०९:३३

नवलपरासीका किसानलाई मेसिनद्धारा धान रोप्न सिकाइदै

नवलपरासी पश्चिम, असार ११ गते । परम्परागत रुपमा हातले रोप्दै आएका नवलपरासी पश्चिमका किसानलाई मेसीनद्धारा धानरोप्न सिकाउन धानरोप्ने प्रविधिको प्रर्दशन गरिएको छ ।
जिल्लामा पहिलो पटक प्रधानमन्त्रि कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ रुपन्देहिले सुनवल नगरपालिका स्थित स्वाठि कृषि सहकारीको जंगामा धान रोपण प्रविधिको प्रवद्धन गरेको हो
जिल्लाका किसानले मेसीनको प्रयोग गरेर अहिलेसम्म धान रोपेका छैनन् । धानमा पूर्ण रुपमा यान्त्रीकरण गरी किसानलाई प्रविधिसगँ जोड्न पहिलो पटक मेसीनको प्रयोग गरिएको परियोजना कार्यान्वयन एकाइ रुपन्देहिका वरिष्ठ कृषि अधिकृत नारायण काफ्‌लेले जानकारी दिनुभयो ।
रोपाइका समयमा मजदुर अभावका कारण समस्या भोग्दै आएका किसानलाई मेसिनको साहेताले धान रोप्दा त्यसको अभावलाई पुर्ति गर्नुका साथै कम लागतमा उत्पादनमा समेत वृद्धि हुने विश्वास लिइएको छ ।
पहिलो पटक मेसिनले धान रोपको देखिेपछि उत्साहि भएका किसानहरु त्यसको उत्पादन हेरेपछि मात्र प्रयोग गर्नेबारे सोच्न सकिने बताएका छन् । मेसिनले धान रोप्दा टाढाटाढा रोप्ने र धानको गाज समेत माथिनै रहेको हुदा पानीपर्दा निस्कन्छकि भन्ने डर किसानमा लागेको स्वाठि कृषि सहकारी संस्थाका अध्यक्ष विरबहादुर थापाले बताउनुभयो ।
परियोजनाका कृषि अधिकृत काफ्‌लेले भने चारपांग्रे ट्याक्टर मेसिनबाट धानरोप्दा किसानको खर्चमा दुईदेखि तिनगुणा सस्तोपर्ने बताउनुभो । जिल्लाको सुनवल र रामग्राम नगरपालिका गरी चार वटा वडामा धानको कृषि जोन कार्यक्रम संचालन गर्दै आएको परियोजनाले आगामि वर्ष किसानलाई धानरोप्ने मेसीन उपलब्ध गराएर धानको क्षेत्र विस्तार गर्ने योजना राखेको छ ।
जिल्लामा कुल ४१ हजार हेक्टर खेतियोग्न जमिनमध्ये २१ हजार हेक्टरमा धान खेति हुदै आएको छ । यस बर्ष अहिलेसम्म झण्डै ७० प्रतिशत भन्दा बढि रोपाई सकिएको कृषि ज्ञानकेन्द्रका प्रमुख डाक्टर रविन्द्रनाथ चौबेले जानकारी दिनुभयो ।




Ads