नवलपरासी पश्चिम, जेठ ३१ गते । आज सनिवार सम्पन्न नेपाल राष्ट्रिय शिक्षक संगठन नवलपरासी पश्चिमकाे १३ ओैं जिल्ला अधिवेशनले हाेमनाथ सुवेदीलाई अध्ययक्षमा सर्वसम्मत चयन गरेकाे छ ।
जिल्ला समितिका अध्यक्ष अर्जुन प्रसाद पाैडेलकाे अध्यक्षता एवं सुनवल नगरप्रमुख विमला अर्यालकाे प्रमुख आतिथ्यता सम्पन्न अधिवेशनले सुवेदीलाई अध्यक्षमा सर्बसम्मत चयन गरेकाे हाे ।
नयाँ गठित कार्यसमितिकाे उपाध्यक्षमा देव नारायण चाैधरी, महिला उपाध्यक्षमा सुसिला घिमिरे , सचिवमा हुमराज खनाल ,सह-सचिवमा लक्ष्मी अर्याल ,काेषाध्यक्षमा शेषकान्त अर्याल र सह- काेषाध्यक्षमा लक्ष्मी पाैडेल चयन हुनुभएकाे छ ।
त्यसैगरी सदस्यहरूमा मदन सुवेदी ,सारदा पाण्डे, दिलाराम अर्याल, उदय बहादुर रूचाल, देव बहादुर सारू मगर, चिनक प्रसाद मुखिया, हुम बहादुर थापा र रन्जना चाैधरी चयन हुनुभएकाे ।
यसैगरी कर्ण बहादुर राहाडि मगरकाे संयाेजकत्वमा एक सदस्य पछि थप गर्नेरी ३ सदस्यीय लेखा समिति समेत गठन गरिएकाे छ । लेखा समिति सदस्यमा खुम प्रसाद अर्याल रहनुभएकाे छ ।
अधिवेशनले सुवेदीकाे अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेकाे हाे ।
कार्यक्रममा अध्यक्ष अर्जुन प्रसद पौडेल ,प्रमुख अतिथि नगरप्रमुख विमला अर्याल, नगरउपप्रमुख सुर्यप्रसाद दुबे, नगर प्रबक्ता एवं वडा नम्बर १३ का वडा अध्यक्ष कृष्ण प्रसाद बगाले , नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय सदस्य तिलोत्तम ज्ञवाली, जिल्ला शिक्षा समिति सदस्य सुर्य न्याैपाने , नगर शिक्षा समिति सदस्य डाेलराज भण्डारी लगाएतले शुभकामना मन्तब्य व्यक्त गर्नुभएकाे थियाे ।