ताजा अपडेटः

मेयरकप फुटल प्रतियोगितामा वडा नम्बर ८ को सानदार जित

कल्पना खरेल
मेयरकप फुटल प्रतियोगितामा वडा नम्बर ८ को सानदार जित प्रकाशित मिति: ८ जेष्ठ २०८२, बुधबार १०:३४

सुनवल, जेठ ७ गते । सुवनल ७ पश्चिम नवलपरासीमा सम्पन्न आठौ मेयरकप फुटल प्रतियोगितमा वडा नम्बर ८ विजयी भएको छ । ट्राइबेकरमा वडा नम्बर ३ लाई ५ का बिरुद्ध ६ गोल गर्दै वडा नम्बर ८ विजयी भएको हो ।
खेलअवधिभर दुवै टिमले कुनैपनि गोल गर्न नसकेपछि खेल ट्राइबेकरमा पुगेको थियो । यो जित सगैँ वडा नम्बर ८ ले चौथो पटक मेयर कपको उपाधि हात पारेको छ ।
खेल अवधिभर वडा नम्बर ८ को गोलको प्रहारलाई पटक पटक वडा नम्बर ३ का गोलरक्षक अशोक थापाले रोकेका थिए । तर ट्राइबेकरमा वडा नम्बर ३ का खेलाडि विवस राना र मनुक थापाले गोल गर्न नसक्दा जित वडा नम्बर ८ को पोल्टामा पुगेको थियो ।
विजेता टिम वडा नम्बर ८ ले नगद रु १ लाख ५५ हजार सहित ट्रफी र उपविजेता टिम वडा नम्बर ३ ले नगद रु ९० हजार सहित ट्रफी हात पारेका छन् भने सेमिफाइनलमा पुगेका दुई टिम वडा नम्बर १३ र आयोजक टिम वडा नम्बर ७ बि ले २५/२५ हजार नगर सहित ट्रफी जितेका छन् ।
फाइनल खेलको म्यान अफ द म्याच सनम तामाङ्ग घोेषित भएका छन् । त्यसैगरी विधागत उत्कृष्ट गोलकिपरमा वडा नम्बर ८ का सन्देश गुरुङ, सर्वोत्कृष्ट खेलाडिमा वडा नम्बर ८ का विक्रम मल्ल, सर्वाधिक गोल कर्ता वडा नम्बर ३ का तनिस गुरुङ घोषित भएको आयोजक समितिका सचिव खड्क रानाले बताउनुभयो।
खेलअवधिभर वडा नम्बर ७ को ए टिम अनुशासित टिम घोषित भएको छ । यसपटकको आठौ मेहर कप फुटवल प्रतियोगिता वडा नम्बर ३ का खेलाडि रामबहादुर थापाको खेल प्रदर्शनले पनि निकै चर्चा बटुलेको थियो । एक हात नभएका थापा अरु खेलाडि भन्दा अब्बल देखिन्थे ।
खेलको समापन कार्यक्रममा बोल्दै नगरप्रमुख विमला अर्यालले खेलाडिको क्षमता अभिवृद्धिका लागि सुनवल नगरपालिका “एक वडा एक खेलमैदान”त्थउभ भत्रगबतष्यल जभचभ।को लक्ष्य सहित अगाडि बढेको बताउनुभयो । उहाँले “स्वास्थ्यका लागि खेलकुद र राष्ट्रका लागि खेलकुद” भन्ने नारालाई आत्मसाथ गर्दै आगामि दिनमा समेत खेलका क्षेत्रमा उचित वजेट विनियोजन गरिने समेत प्रतिबद्धता व्यक्त गर्नुभयो ।
प्रतियोगिता आठौँ मेयर कप फुटबल प्रतियोगिता संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष ओमप्रकाश वारघरेको अध्यक्षता एवं नगरप्रमुख विमला अर्यालको प्रमुख आतित्थ्यतामा सम्पन्न भएको हो ।
समापन कार्यक्रममा प्रतियोगितालाई सफल बनाउन सहयोग गर्ने संघसंस्था, राजनितिक दल,जनप्रतिनिधि र संचारकर्मिहरुलाई समेत सम्मान गरिएको थियो ।




Ads