ताजा अपडेटः

सहमति नबने एमाले जिल्ला कमिटी नवलपरासीकाे अधिवेशन चुनावी प्रतिस्पर्धामा जाने

सहमति नबने एमाले जिल्ला कमिटी नवलपरासीकाे अधिवेशन चुनावी प्रतिस्पर्धामा जाने प्रकाशित मिति: २१ बैशाख २०८१, शुक्रबार २१:५०


कल्पना खरेल, नवलपरासी । आज शुक्रबार नेपाल कम्युनिष्ट पार्टी ( एमाले ) जिल्ला कमिटी नवलपरासी (ब.सु.प.) काे ९ औं जिल्ला अधिवेशन शुरू भएकाे छ ।
जिल्ला कमिटी अध्यक्ष दीपेन्द्र अधिकारीकाे अध्यक्षता पार्टी अध्यक्ष केपी शर्मा ओेलीकाे प्रमुख आतिथ्यतामा उक्त  जिल्ला अधिवेशन शुरू भएकाे हाे । ९ औं जिल्ला अधिवेशनलाई उद्वाटन  गर्दै अध्यक्ष ओलीले विगतकाे कामकाे समीक्षा गर्दै आगामी दिनमा के कसरी जाने भन्ने विषयमा माेटामाेटी तय गर्न सुझाव दिनुभयाे ।
ओलीले कार्यकर्तालाई पार्टी केन्द्र र महाधिवेशनले लिएकाे सहि निर्णयलाई कार्यान्वयन गरि पार्टिलेकाे उदेश्यलाई सफल बनाउन एकढिक्का भएर लाग्न आग्रह गर्नुभयाे ।
अध्यक्ष ओेलीले पार्टीले लिएकाे मिसन २०८४ काे लक्ष्य भनेकाे देशकाे सर्वभाैमसत्ताकाे रक्षा , स्वाधीनता , स्वतन्त्रता र भूमिकाे रक्षा गर्न नेकपा एमाले जिताउ अभियान रहेकाेले विभाजित नभइ जुटेर लाग्न कार्यकर्तालाई सुझाब दिनुभयाे ।
उद्वघाटन सत्रमा जिल्ला,प्रदेश र केन्द्रदेखि नेकपा एमालेकाे विभिन्न जनवर्गीय संगठनका करिब १ हजार भन्दा बढि नेता तथा कार्यकर्ताकाे उपस्थिति रहेकाे थियाे ।
आज शुक्रबार राति अबेरसम्म सहमति नभए पार्टीको प्रजातान्त्रिक पद्धति अनुसार भाेलि सनिवार वर्तमान जिल्ला अध्यक्ष दीपेन्द्र अधिकारी र जिल्ला सचिव धीरज शर्मा बीच प्रतिस्पर्धा हुने नेकपा एमाले नगर कमिटी अध्यक्ष मुक्ति भण्डारीले बताउनुभयाे ।
जिल्ला कमिटी सचिव धिरज शर्माकाे संचालन र उपाध्यक्ष डाेलराज भण्डारीकाे स्वागत रहेकाे कार्यक्रममा लुम्बिनी प्रदेश भूमि व्यवस्थापन सहकारी तथा गरीबी निवारण मन्त्री बलराम अधिकारी,  नेकपा एमाले केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज पध्मा अर्याल , स्कुल विभागकाे केन्द्रीय सदस्य बद्री खनाल , प्रतिनिधि सभा सदस्य माननीय सरिता खनालले मन्तव्य व्यक्त गर्नुभएकाे थियाे ।
आजै एमाले अध्यक्ष केपी शर्मा ओेली सुस्ताकाे झाेलुङ्गे पुल,
सिस महल, गजेन्द्र माेक्षधाम र रामग्राम स्तुपाकाे समेत अवलोकन गर्नुभएकाे थियाे ।



Ads