ताजा अपडेटः

श्रम स्वीकृत गरेर विदेश जानेकाे संख्यामा लुम्बिनी प्रदेशमा नवलपरासी पहिलाे  / जिल्लाका ४ पालिकामा मात्र सामी कार्यक्रम संचालन

श्रम स्वीकृत गरेर विदेश जानेकाे संख्यामा लुम्बिनी प्रदेशमा नवलपरासी पहिलाे  / जिल्लाका ४ पालिकामा मात्र सामी कार्यक्रम संचालन प्रकाशित मिति: १८ असार २०८०, सोमबार ०९:५६

कल्पना खरेल,नवलपरासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाको आयाेजनामा सुरक्षित आप्रवासन ( सामी ) कार्यक्रम  सुरक्षित वैदेशिक राेजगारकाे सवालमा पत्रकारहरूसगँ अन्तर्क्रिया कार्यक्रम गरेकाे छ । ।
रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादवकाे अध्यक्षता र उपप्रमुख सम्झना चाैधरीकाे उपस्थितीमा भएकाे कार्यक्रममा सामि कार्यक्रमका खुला संयाेजक ज्ञानेश्वर भण्डारीले सामीले  गरेकाे काम,लक्ष्य र उपलब्धिका विषयमा डेटा मार्फत प्रस्तुतिकरण गर्नुभएकाे थियाे ।


पत्रकारलाई जानकारी गराउदै उहाँले श्रम स्वीकृति गरेर  वैदेशिक राेजगारीमा जानेकाे संख्या हालसम्म ६९ लाख नाघिसकेको र २०७९/०८० काे तीन महिनाकाे तत्थांक अनुसार हाल दैनिक सरदर २,५०० जना वैदेशिक राेजगार जाने गरेकाे जानकारी गराउनुभयाे । संगै श्रम स्वीकृति नलिएर अवैधानिक तरिकाले बैदेशिक राेजगारमा जानेकाे संख्या पनि वढ्दाे रहेकाे उल्लेख गर्नुभयाे ।


हाल वैदेशिक राेजगारका लागि खुला गरेका देशहरू १० ८ रहेकाे र  हाइ स्किल लिएर विदेश जानेकाेकाे संख्या ८०५ जना अर्थात ०.११ प्रतिशत   , सेमी स्किल लिएर जानेकाे संख्या ५४,३२८ जना अर्थात ८.६ प्रतिशत, सामान्य स्किल लिएर जानेकाे संख्या २,९१,८८९ जना ४६.३२ प्रतिशत  र स्किल  नलिइ विदेश जानेकाे संख्या ४४.९२ प्रतिशत रहेकाेले अझै सूचना घर-घर पुग्न नसकेकाे गुरानाे गर्नुभयाे ।
जसअन्तर्ग लुम्बिनी प्रदेशबाट आर्थिक वर्ष २०७९/८० मा मा श्रम स्वीकृती लिएर वैदेशिक राेजगार जानेकाे सङ्ख्या १ लाख १३ हजार ५ सय ६१ रहेकाेमा सबैभन्दा वढि  नवलपरासी जिल्लाबाट  २० हजार ९ सय ७३ रहेकाे छ ।


वैदेशिक राेजगारीमा गएका परिवारलाई बिभिन्न किसिमका क्षमता अभिवृद्धि गरि आयआर्जन गर्न तर्फ सचेत गराउने, रकम सदुपयोग र व्यवस्थापन कसरी गर्ने भन्ने सचेतना मुलक काम पनि सुरक्षित आप्रवासन ( सामी ) कार्यक्रमले गर्दै आएकाे छ । उपलब्धिमा थुप्रै महिलाहरू स्वराेजगार भई आत्मनिर्भर भएका उदाहरण पनि कार्यक्रममा प्रस्तुत गरिएकाे थियाे ।
यसैविच जिल्लाकाे हकमा सुनवल नगरपालिका ,रामग्राम नगरपालिका  ,बर्दघाट नगरपालिका  र प्रतापुरगाउँ पालिकमा सामी कार्यक्रम संचालन हुँदै आएकाे छ ।
सुरक्षित आप्रवासन ( सामी ) कार्यक्रम नेपाल सरकार र स्वीस सरकारकाे द्विपक्षीय सम्झाैता अन्तर्गत संचालन भएकाे हाे । याे कार्यक्रम श्रम राेजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र  स्थानिय सरकारकाे नेतृत्वमा कार्यान्वयन भइरहेको छ । कार्यक्रमलाई स्विस सरकार विकास सहयाेगकाे तर्फबाट  हेल्भेटास नेपालले प्राविधिक सहयाेग उपलब्ध गराइरहेको छ ।
रामग्राम नगरपालिका मनाेसामाजिक परामर्शकर्ता सुमित्रा चाैधरीकाे संचालन रहेकाे कार्यक्रममा जिल्लाभित्रका उल्लेख पत्रकारको सहभागीता रहेकाे थियाे ।



Ads