नवलपरासी पश्चिम जेठ ६ गते । नवलपरासी पश्चिम स्थित सरावल गाउँपालिकाको वडा नम्बर १ र २ क्षेत्रभित्र रहेका घरपालुवा तथा छाडा भुस्याहा कुकुरको स्थायी बन्ध्याकरण गरिएको छ ।
भुस्याहा कुकुरको संख्या वृद्धि हुदै गएको भन्दै नियन्त्रणका लागि गाउँपालिकाले दुवै वडामा रहेका ४५ वटा छाडा भुस्याहा कुकुरहरुलाई स्थायी बन्ध्याकरण गरि रेबिज विरुद्धको खोप समेत लाइएको पशु सेवा शाखा प्रमुख यम अर्यालले जानकारी दिनुभयो ।
सरावल गाउँपालिकाको अध्यक्ष सुखाडि प्रसाद चौधरीले छाडा भुस्याहा कुकुरको संख्या बढ्नाले दुर्घटनाको जोखिम बढेको र पटक पटक पैदल हिड्ने, स्कुटि,मोटरसाइकल र साइकल चलाउने मानिसलाई झम्टने गुनासो बढ्न थालेपछि नियन्त्रण गर्न बन्ध्याकरण शिविर राखिएको बताउनुभयो ।
उहाँका अनुसार यि वडामा छाडा कुकुरको आतांकनै बढि देखिएकाले हाललाई दुइ वडा प्राथमिकतामा राखिएर संचलन गरिएको हो । आगामि आर्थिक बर्षमा यो शिविर सात वटै वडामा संचालन गरिने अध्यक्ष चौधरीको भनाई छ । बन्ध्याकरण शिविर सिभिएसए नेपालको सहकार्यमा संचालन गरिएको हो ।