ताजा अपडेटः

रबि लामिछानेको नयाँ पार्टी ‘राष्ट्रिय स्वतन्त्र पार्टी’,चुनाव चिन्ह घण्टी

रबि लामिछानेको नयाँ पार्टी ‘राष्ट्रिय स्वतन्त्र पार्टी’,चुनाव चिन्ह घण्टी प्रकाशित मिति: ७ असार २०७९, मंगलवार १४:०८

काठमाडौं । पत्रकारिताबाट राजनीतिमा प्रवेश गरेका  रवि लामिछानेले अहिले भएका कुनै पनि राजनीतिक दलमा प्रवेश नगर्ने बताएका छन् ।

मंगलबार राष्ट्रिय सभा गृहमा आयोजिक एक कार्यक्रममा उनले नयाँ दल निर्माणको घोषणा गरेका हुन् । लामिछानेले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ निर्माणको समेत घोषणा गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका रवि लामिछानेले पार्टीको चुनाव चिन्ह घन्टी प्रस्ताव गरेका छन् ।

काठमाडौंमा पार्टी घोषणा गर्दै उनले पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिने र चुनाव चिन्ह घन्टी प्रस्ताव गरेको बताए ।

उनले निर्वाचन आयोगमा दल दर्ताका लागि २१ सदस्यीय कमिटी बनाएकाे जानकारी द‍िए । पार्टीको कार्यालय काठमाडौंको बसुन्धरामा खोलिएको छ ।

लामिछानेले भनेका छन्, ‘अहिले दर्ता भएका कुनै पनि दलमा राजनीतिक दलभित्र राम्रा मान्छे नभएका होइनन् । प्रत्येक दलमा राम्रा मान्छे छन् तिनीहरूको सम्मान गर्नुपर्छ ।’

नयाँ पार्टी घोषणा गर्दै लामिछानेले आम निर्वाचनमा उठ्न चाहने व्यक्ति पार्टीभित्रैबाट प्राथमिक चुनाव जितेर आउनुपर्ने प्रणाली रहेको पनि बताए ।



Ads